काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि भईरहेको पहल तथा कोरोना विरुद्धको राष्ट्रिय संकल्प आवश्यक रहेको भन्दै संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरेको छ।
प्रतिनिधि सभाको आजको बैठकमा नेपाली कांग्रेसका तर्फबाट सांसद गगन थापाले जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरे। उनले कोरोना भइरसको संक्रमणबाट बच्न एकीकृत कार्यसञ्चालन गर्न र तत्काल कार्ययोजना बनाई सार्वजनिक गर्न सरकारलाई आग्रह गरे।
अहिलेसम्म नेपालको सुखद अवस्था भएपनि इरानको जस्तो एकै पटक संक्रमणको अवस्था देखिए के गर्ने भन्ने सन्दर्भमा पनि समयमै सोच्नुपर्ने उनले बताए। सीमामा स्वास्थ्य जाँच प्रभावकारी नदेखिँदा विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरस संक्रमणको उच्च जोखिममा राखेको थापाले बताए।
उनले बाहिरबाट नेपाल आउनेहरूको ट्रयाकिङ्ग गर्न आवश्यक रहेको बताए। उनले मन्त्रालयपिच्छे फरक कुरा बाहिर आउँदा सर्वसाधारणमा त्रास र दुविधा बढाएको भन्दै एकद्धार प्रणालीबाट सूचना सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण पनि गराए।
विदेशी नागरिक नआउने, सभा सम्मलेन नगर्ने भन्ने वित्तिकै होटेल, एअरलाइन्स, वित्तीय क्षेत्रसहित मुलुकका कयौं क्षेत्र प्रभावित हुने भन्दै त्यसतर्फ सजग हुन सरकारलाई सुझाए।
कोरोना भाइरस संक्रमणको सन्त्रास फैलिरहँदा सरकारले कुनै पनि सामाग्रीको आपूर्ति सहज बनाउँछौं भनेर जनतालाई आश्वस्त पार्नुपर्ने पनि बताए।
थापाले भने, “सचेत रहने हो तर्सने होइन। नागरिकलाई नतर्साउँ। भयभित पनि नबनाउँ। नेपालमा एउटा मात्रै केस नदेखिएको कुराले आनन्दले नबसौं। हामीले समयको सुविधा पायौं। इरानले पाएन। कोरियाले पाएन। अहिले सुझबुझ पुर्यायौं भने हामी आत्तिनु पर्देन।”