सुन अहिलेसम्मकै महंगो, प्रतितोला ८२ हजार ५०० पुग्यो मूल्य

काठमाडौं। केही दिनयता निरन्तर उकालो लागिरहेको सुनको मूल्यले आज रेकर्ड कायम गरेको छ।

आज नेपाली बजारमा सुन प्रतितोला ८२ हजार ५०० रूपैयाँ पुगेको छ।

विश्वभर कोरोना महामारी फैलिएपछि लगानीकर्ताहरूले आफ्नो सम्पत्ति सुरक्षित गर्नका लागि सुनमा लगानी बढाएका कारण अन्तर्राष्ट्रिय बजारमा केही दिन यता सुनको मूल्य निरन्तर बढिरहेको छ।

२२ फागुनमा छापावाल सुन प्रतितोला ८० हजार ७ सय रूपैयाँमा कारोबार भएको सुनको मूल्य आज एकै दिन तोलामा १८ सय रूपैयाँले बढेको हो।

यस वर्षमै अहिलेसम्म सुनमा एकै दिन १८ सय रुपैयाँले मूल्य बढेको थिएन।

विश्वव्यापी रूपमा सुनमा गरिएको लगानीलाई सबैभन्दा सुरक्षित मानिन्छ। कोरोना संक्रमणको कारण विश्वभरको अर्थतन्त्र चौपट भइरहेको बेला लगानीकर्ताले सुनमा लगानी गरेका छन्।

२१ फागुनमा छापावाल सुन प्रतितोला ८० हजार ५०० रूपैयाँमा कारोबार भएको थियो।

आज चाँदी भने प्रतितोला ८९० रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदीमा प्रतितोला १० रुपैयाँ मूल्य बढेको हो। हिजो चाँदी प्रतितोला ८८० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्