जाजरकोट। जाजरकोटको भेरी नगरपालिकाले गर्भवती महिलाका लागि गाउँमै पुगेर भिडिओ एक्सरेमार्फत् गर्भजाँच सेवा दिन थालेको छ।

नगरपालिकाले १६ फागुनदेखि चिकित्सकसहितको टोली गाउँमै लिएर गर्भवती महिलाको जाँच अन्तरगत आल्ट्रासाउण्ड (भिडिओ एक्सरे) सेवा शुरू गरेको हो। जिल्ला अस्पतालका डाक्टर भूपेन्द्र मल्लसहितको चिकित्सकको टोली यो अभियानमा खटिएका छन्।

नगरपालिकाभित्र पर्ने पाँचवटा स्वास्थ्य चौकीमा पुगेर गर्भवती महिलाको निःशुल्क गर्भजाँच सेवा दिन थालेको नगर स्वास्थ्य शाखाका स्वास्थ्य सहायक रत्न घर्तीले बताए ।

समयतालिका बनाएर गर्भवती महिलाको गाउँमै पुगेर गर्भजाँच सेवा दिने कार्यक्रम बनाएको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताए।

‘गर्भवती आमाको निःशुल्क अल्ट्रासाउण्ड’ कार्यक्रमअन्तर्गत शुरूमा गर्भवतीको पहिचान गरी सूचीकृत गरिने र त्यसपछि भिडिओ एक्सरेसहितको गर्भजाँच सेवा दिइने नगरप्रमुख घर्तीले बताए।

गर्भवती महिलाले कम्तीमा दुईपटक भिडिओ एक्सरे गराउनु पर्ने हुन्छ।

सोही अनुसार नगरपालिकाले गर्भवती महिलाको गर्भजाँच कार्यक्रम तयार पारेको छ। गर्भजाँचका क्रममा गर्भवती महिलाको स्वास्थ्य जोखिमपूर्ण अवस्थामा रहेको पाइए जिल्ला अस्पतालसम्म उपचारको व्यवस्था मिलाएको नगरप्रमुख घर्तीले बताए।

नगरपालिकाभित्रका अधिकांश गर्भवती महिलाले गर्भजाँच नगराएको पाइएपछि अकालमै आमा र शिशुको मृत्यु नहोस् भन्ने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती बताउँछन्।

“आमा र शिशुको जीवन रक्षाका लागि नगरपालिकाले पहलकदमी लिएको हो, सम्भावित जोखिमबाट बच्न र बचाउने यो अभियानले सहयोग पुर्‍याउने विश्वास लिएका छौं”, निमित्त प्रमुख प्रशासकीय अधिकृत घर्तीले भने।

यसअघि जिल्ला अस्पतालमा भरपर्दो भिडिओ एक्सरे सेवा नभएकोले गर्भवती महिलाले रुकुम पश्चिमस्थित मिसन अस्पताल चौरजहारी पुगेर गर्भजाँच गराउने गरेका थिए। त्यहाँसम्म पुगेर गर्भजाँच गराउँदा एक महिलाको कम्तीमा चार हजार रूपैयाँ खर्च हुने गरेको थियो। तर, नगरपालिकाले गाउँमै भिडिओ एक्सरेसहितको गर्भजाँच सेवा दिन थालेपछि महिलाहरूलाई राहत भएको छ।

१६ फागुनमा स्वास्थ्य चौकी भुरमा ५७ जना गर्भवती महिलाले भिडिओ एक्स–रे सेवा लिएका स्वास्थ्य सहायक घर्तीले बताए। उनका अनुसार स्वास्थ्य चौकी जगतिपुरमा ४६ र स्वास्थ्य चौकी पुन्मामा ५६ जनाको गर्भजाँचसहित भिडिओ एक्स–रे गरिएको छ।

२५ फागुनमा बाहुनथाना र ३० फागुनमा कुदु स्वास्थ्य चौकीमा गर्भजाँच गर्ने नगरपालिकाको कार्ययोजना छ।

" /> जाजरकोट। जाजरकोटको भेरी नगरपालिकाले गर्भवती महिलाका लागि गाउँमै पुगेर भिडिओ एक्सरेमार्फत् गर्भजाँच सेवा दिन थालेको छ।

"> गर्भवतीलाई गाउँमै निःशुल्क भिडिओ एक्सरे सेवा : Dekhapadhi
गर्भवतीलाई गाउँमै निःशुल्क भिडिओ एक्सरे सेवा

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्