काठमाडौं। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उपभोग्य बस्तुको अभाव हुन नदिने भन्दै उपभोक्तालाई हल्लाको पछि नलाग्न भनेका छन्।
आज मन्त्रालयमा पत्रकार सम्मेलन गरेर मन्त्री भट्टले खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग २५ हजार ६९६ मेट्रिक टन चामल मौज्दात रहेको बताएका हुन्। त्यसैगरी, आजको मितिबाट एक महीनालाई पुग्ने ग्यास रहेको उनले बताए।
कोरोना संक्रमणको त्रास फैलिइरहेको बेला बजारमा उपभोग्य बस्तुको अभाव हुने भन्दै उपभोक्ताहरू दैनिक उपभोग्य बस्तुको जोहो गर्न लागेका छन्। मन्त्री भट्टले बजारमा पेट्रोलियम पदार्थ, नुन, चिनी, चामल लगायतको खाद्य सामग्रीको आपूर्तिमा समस्या रहेको बताएका हुन्।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्ससहित दैनिक उपभोग्य वस्तुहरूको कारोबार गर्ने सम्बद्ध व्यवसायीहरूको संगठनका प्रतिनिधिहरूको उपस्थितिमा बैठक बसी दैनिक उपभोग्य बस्तुको सहजता ल्याउने व्यवस्था मिलाइएको मन्त्रीले बताए।
त्यसैगरी, मास्क र सेनिटाइजरका लािग भन्सार महसुल छुट दिने व्यवस्थाको लागि अर्थ मन्त्रालयमा अनुरोध गर्ने, बजारको प्रभावकारी अनुगमन गर्ने र मूल्यवृद्धी हुन नदिने व्यवस्था मिलाउने मन्त्री भट्टले बताए।