कोरोना भाइरसबाट इटालीमा १४८ जनाको मृत्यु
इटाली। इटालीमा कोरोना भाइरसबाट १४८ जनाको मृत्यु भएकाे छ। इटालीमा हिजाे, २२ फागुनमा मात्र ४१ जनाको मृत्यु भएको समाचारमा जनाइएकाे छ।

यो समेत गरी यहाँ यस भाइरसको प्रकोपबाट मृत्यु हुनेको संख्या १४८ पुगेको हो।

इटालीका विभिन्न २२ वटा शहरमा यसको प्रकोप देखिएको छ। इटालीले देशैभरिका विद्यालय, विश्वविद्यालय बन्द गराएको छ। सरकारले यो भाइरसको नियन्त्रणका विभिन्न कार्यक्रम घोषणा गरी कार्यान्वयन गराएको छ।

संयुक्तराज्य अमेरिकाको क्यालिफोर्नियामा पनि यस प्राणघातक कोरोना जीवाणु (भाइरस)का कारण एक व्यक्तिको मृत्यु भएपछि संकटकाल घोषणा गरिएको अर्काे एक समाचारमा जनाइएको छ।

विश्वभर हाल कोरोना संक्रमित व्यक्तिको संख्या ९६ हजारभन्दा बढी पुगिसकेको छ। तीमध्ये करिब ८० हजार भन्दा बढी चीनमा रहेको बिबिसीले जनाएको छ। गत डिसेम्बरको अन्त्यबाट चीनको हुबेई प्रान्तको वुहान शहरबाट शुरू भएको यस कोरोना भाइरस संक्रमणबाट चीनमा मात्र तीन हजारभन्दा बढीको मृत्यु भएको छ।

कोरोनाकै कारण दक्षिण कोरियामा हालसम्म ४३ जनाको मृत्यु भइसकेको छ। त्यसैगरी ६ हजार ५९३ जनामा कोरोना संक्रमण देखिएको आज प्राप्त एक समाचारमा जनाइएको छ।

जोखिम नियन्त्रण गर्न दक्षिण कोरियाका प्रधानमन्त्री चुङ स्ये–क्यूनले अनुहारमा लगाउने मास्क विदेश निर्यात गर्न प्रतिबन्ध लगाइएको घोषणा गरेका छन्। रासस-एएनआई

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्