कैलाली। कोरोना भाइरसकाे संक्रमणकाे जाेखिम नियन्त्रणका लागि धनगढीमा विभिन्न किसिमका सतर्कता अपनाइएकाे छ।
भारतमा संक्रमण देखा परेपछि नेपाल-भारत सीमावर्ती गाैरिफन्टा नाकामा हेल्थ डेस्क स्थापना गरिएकाे छ।
धनगढी उपमहानगरपालिकाकाे अगुवाइ तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल रेडक्रस साेसाइटी कैलाली शाखाकाे समन्वयमा त्रिनगर भन्सार नाका (गाैरीफन्टा) मा हेल्थ डेस्क स्थापना गरिएकाे हाे।
हेल्थ डेस्कमा भारतबाट फर्कनेहरूकाे स्वास्थ्य परीक्षण गर्ने र बिरामी भेटिएमा तत्कालै उपचारका लागि एम्बुलेन्समार्फत् अस्पताल पुर्याइने धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले जानकारी दिए। उनका अनुसार हेल्थ डेस्क २४ सै घण्टा खुला रहनेछ।
" /> कैलाली। कोरोना भाइरसकाे संक्रमणकाे जाेखिम नियन्त्रणका लागि धनगढीमा विभिन्न किसिमका सतर्कता अपनाइएकाे छ।भारतमा संक्रमण देखा परेपछि नेपाल-भारत सीमावर्ती गाैरिफन्टा नाकामा हेल्थ डेस्क स्थापना गरिएकाे छ।

">