काठमाडौं। नेपाल औषधि उत्पादक संघले तीन महीना पुग्ने औषधि मौज्दात रहेको बताएको छ।
आज पत्रकार सम्मेलन गरी संघले सामान्य बजारको लागि आवश्यक औषधी, कच्चापदार्थ , सहायक कच्चापदार्थ एवं ‘प्याकिङ मेटेरियल’ तीन महीनालाई पुग्नेगरी मौज्दात रहेको बताएको हो।
संघका अनुसार चीनबाट पनि आवश्यक कच्चा पदार्थ आइरहेका छन्।
नेपालमा हाल एलोपेथिक औषधिका ६२ वटा उद्योग सञ्चालनमा छन् भने ४२ वटा अन्य नयाँ उद्योग निर्माणाधिन अवस्थामा छन्।
नेपाललाई औषधिको उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ स्थापित भएको बताउने संघले आफ्नो लक्ष्यमा उन्मुख रहेको दाबी पनि गरेको छ। तर, सरकारले आफूसँग सहकार्य गर्नुको साटो विदेशीसँग अनुनयविनय गरेको संघको आरोप छ।
“भारत र चीन हामीलाई व्यापारिक दृष्टिकोणले सरल भएकोले धेरैजसो कच्चापदार्थ त्यहाँबाट खरीद गर्ने गरेका हौं”, संघका महासविच विप्लव अधिकारीले भने, “विश्वका अन्य मुलुकमा पनि कच्चापदार्थ बन्ने र हामी जुनसुकै मुलुकबाट कच्चापदार्थ खरीद गरी औषधिको अभाव हुन दिने छैनौं।”
उनले अहिलेको स्थितिमा लगभग ७५ प्रतिशत औषधिमा विदेशी कम्पनीलाई आग्रह गर्नुपर्ने अवस्था नरहेको बताए। भुकम्प, नाकावन्दीजस्ता विपदको समयमा पनि औषधि अभाव हुन नदिएको संघले स्मरण गरेको छ।
“नेपालमा सरकारले विपदमा मात्र औषधिको महत्व बुझ्दछ। हामी निजी औषधी उद्योगहरूसँग सरकारले सहकार्य र सहयोग गरे मात्र पुग्छ”, संघले भनेको छ, “नीतिगत रूपमा देशलाई औषधिमा आत्मनिर्भर बनाउने भनेर लेख्ने तर, नेपालमा नै बन्न सक्ने औषधिको लागि विदेशी कम्पनीलाई अनुनयविनय गर्ने कार्यले हामी समग्र औषधि उद्योगीहरूलाई थप तितो अनुभव भएको छ।”
विदेशीलाई हारगुहार गर्नुको सट्टा नेपाली उत्पादकसँग सहकार्य गर्न संघले माग गरेको छ। नेपाल र नेपालीलाई सहज, सुलभ र गुणस्तरीय औषधि पुर्याउन आफूहरू सदैब तत्पर र सक्षम रहेको संघले दाबी गरेको छ।
पढ्नुहोस्
नेपाललाई चाहिनेजति औषधि दिन भारत तयार
" /> काठमाडौं। नेपाल औषधि उत्पादक संघले तीन महीना पुग्ने औषधि मौज्दात रहेको बताएको छ।आज पत्रकार सम्मेलन गरी संघले सामान्य बजारको लागि आवश्यक औषधी, कच्चापदार्थ , सहायक कच्चापदार्थ एवं ‘प्याकिङ मेटेरियल’ तीन महीनालाई पुग्नेगरी मौज्दात रहेको बताएको हो।

">