काठमाडौं। सन् २००९ यता विश्वको अर्थतन्त्र अहिले सबभन्दा मन्द गतिमा अहिले चलिरहेको छ। विश्वभर कोभिड-१९ को संक्रमण र त्रासको कारण पुरै अर्थतन्त्र प्रभावित भएको छ।
हवाई यात्रु कम हुँदा संसारभरका वायुसेवा कम्पनीहरूले खर्बौ रूपैयाँ नोक्सानी ब्यहोरिरहेका छन्। अन्तर्राष्ट्रिय एअर ट्रान्सपोर्ट एशोसिएशन (आएटा)ले प्रकाशन गरेको तथ्याङ्कअनुसार सन् २०२० मा वायुसेवा कम्पनीहरूले ११३ अर्ब अमेरिकी डलर अर्थात करीब १३१ खर्ब रूपैयाँ नोक्सानी ब्यहोर्ने अनुमान गरेको छ।
हवाई सेवा प्रभावित हुँदा त्यसको ‘चेन इफेक्ट’पर्छ। होटल, रेष्टुरेन्ट, कार्गो, ट्याक्सी सर्भिस आदिमा प्रत्यक्ष प्रभाव पर्छ। एअरलाइन्स उद्योगले यूरोपमा मात्र एक करोड २५ लाख रोजगारी सिर्जना गरेको छ। याे क्षेत्र प्रभावित हुँदा अर्थतन्त्रमा ७५८ अर्ब अमेरिकी डलर बराबरको नाेक्सान हुने यूरोपियन एअरपोर्ट स्टडीको रिपोर्टले उल्लेख गरेको छ।
अहिले विश्वभरका ८७ मुलुकमा कोरोना विस्तार भइसकेको छ। ती सबै देशका हवाई सेवा प्रभावित भएका छन्। कतिपय ठूला वायुसेवा कम्पनीहरूले कोरोना भाइरस संक्रमित भेटिएका मुलुकहरूमा उडान रद्द गरेका छन्।
कोरोनाको कारण एशियाली मुलुकका विमान कम्पनीहरूले धेरै ठूलो क्षति बेहोर्नुपर्ने आकलन आएटाको रिपोर्टमा गरिएको छ। चीनसँग सम्बन्धित धेरैजसो हवाई उडान कटौती भएका कारण चीनका मात्रै २३ प्रतिशत यात्रु कटौती हुनेछन्।
त्यति मात्र होइन, विश्वभरको बजार चीनमा उत्पादित सामग्रीमा भर पर्छ। विश्वका कतिपय ठूला कम्पनीहरूले चीनमा वस्तु उत्पादन गरेर विश्व बजारमा पुर्याउँदै आएका छन्। ती कम्पनीमा धेरैजसो विदेशी नागरिकले काम गर्छन्। कोरोना त्रासका कारण उत्पादन प्रभावित हुँदा विश्वभरको ‘सप्लाई चेन’ नै प्रभावित हुन थालेको छ।
चिनियाँ कार निर्माता कम्पनीहरूको विक्री ९२ प्रतिशतसम्मले घटेको विवरण सार्वजनिक भएका छन्। चीनमा उत्पादन भएर विश्व बजारमा पुग्ने आइफोनको सीपमेन्ट पनि घटेको छ। चीनमा उत्पादन भएका अन्य स्मार्टफोन पनि चीन बाहिरको बजारमा पुग्न सकेको छैनन्।
कोरोना संक्रमणका कारण सबैभन्दा ठूलो मार पर्यटन उद्योगले बेहोर्नु परेको छ। कतिपय मुलुकले ट्राभल एड्भाइजरी जारी गरेर कोरोना संक्रमण भेटिएका देशमा भ्रमण नगर्न भनेका छन्। बेलायतले त चीनका कतिपय शहरमा नजान आफ्ना नागरिकलाई निर्देशन दिएको छ।
लगानी सुरक्षित गर्न सुनमा लगानी हुने र स्वस्थ रहनको लागि साबुनको प्रयोग बढ्ने हुँदा अहिले यी दुई बस्तुको बजार अपत्यारिलो रूपमा चुलिएको छ।
२० वर्षयता उड्ड्यन क्षेत्रले सबैभन्दा ठूलो चुनौती ब्यहोरिरहेको छ। सन् २००१ सेप्टेम्बरमा अमेरिकाको ट्वीन टावरमा आतङ्कवादी हमला भएपछि केही समय विश्वभरको उड्डयन क्षेत्र प्रभावित भएको थियो।
कोरोना त्रासकै कारण विश्वभरको स्टक मार्केट प्रभावित हुँदा विश्वकै धनाढ्यहरूले अर्बौं सम्पत्ति गुमाइरहेका छन्। विश्वभरका स्टक मार्केटको इन्डेक्स ओरालो झरेको छ।
लगानीकर्ताहरूले सुनमा लगानी बढाएको कारण सुनको मूल्य आकाशिन थालेको छ। विश्व अर्थतन्त्रमा समस्या आउँदा सुनमा लगानी बढ्ने गरेको छ। सुनमा गरिएको लगानीलाई विश्वभर नै सुरक्षित मानिन्छ।
कोरोना त्रासकै कारण इन्धनको उत्पादन पनि कटौती हुन थालेको छ। इन्धनको कारोबारमा कमी आउँदा संसारभरकै अर्थतन्त्र सुस्त हुन्छ।
कोभिड–१९ को त्रासले सुन र डिटोलको बजारमा भने ‘बुम’ भएको छ। लगानी सुरक्षित गर्न सुनमा लगानी हुने र स्वस्थ रहनको लागि साबुनको प्रयोग बढ्ने हुँदा अहिले यी दुई बस्तुको बजार अपत्यारिलो रूपमा चुलिएको छ।
नेपालमा असर
विश्वव्यापी रूपमा अर्थतन्त्रमा मन्दी आउँदा त्यसको संकेत नेपालको अर्थतन्त्रमा पनि देखिन थालेका छन्।
नेपाल घुम्न आउँने पर्यटकको संख्या स्वात्तै घटेको छ भने चीन लगायतका बजारबाट आयात प्रभावित हुँदा बजारमा उपभोग्य बस्तुको कमी हुन थालेको छ। कोरोना त्रासकै कारण बजार मूल्य बढ्ने भन्दै नेपाल राष्ट्र बैंकले अध्ययन थालेको छ। कोरोना संक्रमणले अर्थतन्त्रमा पार्न सक्ने असरको अध्ययन गर्नको लागि अर्थमन्त्रालयमा छुट्टै टीम तयार गरिएको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन्।