काठमाडौं। बडादशैँको मुख्य दिन आज विजयादशमी अर्थात् टीकाको दिन। आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धीको प्रतीक जमरा लगाएर हर्षोल्लासपूर्वक विजयादशमी मनाइँदैछ।
असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा विजयादशमीलाई लिइन्छ।
घटस्थापनामा आ-आफ्तो घरमा राखिएको जमरासँगै स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभरी शान्ति हुने भएकाले आज टीका र प्रसाद लगाउनुअघि अभिषेक गर्ने प्रचलन छ।
आज देवी विसर्जनको शुभ साइत बिहान ८:४५ बजे छ। त्यस्तै टीका लगाउने साइत बिहान १०:३५ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।
दशैंको टीक त्यसै पनि शुभ दिन भएकाले आज टीका लगाउन सामान्यतया साइत भने खोजिरहनु नपर्ने समितिका अध्यक्ष रामचन्द्र गौतमले बताएका छन्।
त्रेता युगमा आजैका दिन भगवान रामले असत्यको प्रतीक रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ।
आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानेर लगाउने गरिन्छ।
" /> काठमाडौं। बडादशैँको मुख्य दिन आज विजयादशमी अर्थात् टीकाको दिन। आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धीको प्रतीक जमरा लगाएर हर्षोल्लासपूर्वक विजयादशमी मनाइँदैछ।

">