नेपाल टेलिकमले मोबाइल सेवाको सिष्टम अपग्रेड गर्‍यो, अब उच्च गतिमा डेटा चल्ने टेलिकमको दावी
काठमाडौं। नेपाल टेलिकमले मोबाइल सेवाको सिष्टम अपग्रेड गरेको छ। डेटा सेवाका लागि विगतदेखि सञ्चालन गरिरहेको पीसीआरएफ सिष्टमबाट जिएसएम प्रविधि अन्तर्गतको वायरलेस डेटा सेवाका लागि क्षमता पर्याप्त नभएकाले नयाँ पिसिआरएफ सिस्टम जडान गरिएको टेलिकमका प्रवक्ता राजेश जोशीले बताए।

टेलिकमले स्तरोन्नति गरिएको सिस्टममा पुराना ग्राहकहरुलाई माइग्रेट गर्ने काम २२ फागुनमा सम्पन्न गरेको जोशीेले जानकारी दिए।

पीसीआरएफ सिस्टमलाई स्तरोन्नति गरे पश्चात् सेवाग्राहीले उच्च गतिमा डेटा सेवा सहजरुपमा प्रयोग गर्न सक्ने जोशीले जानकारी दिए।

नयाँ प्रविधिका कारण डेटाको स्पिड बढ्नुका साथै डेटा चलाउदै गर्दा प्याकेजको रकम ८० प्रतिशत सकिएमा र सबै प्याकेज सकिनै लागेमा सेवाग्राहीले अलर्ट मेसेज पनि प्राप्त गर्नेछन् ।

यस स्तरोन्नतिबाट कम्पनीको जीएसएम टुजी/थ्रीजी/फोरजी अन्तर्गतका डाटा सेवा ग्राहकवर्गका लागि थप प्रभावकारी र आकर्षक हुने आशा गरिएको जोशीको भनाई छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्