काठमाडौं। इटलीमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दो क्रममा छ। पछिल्लो २४ घण्टामा त्यहाँ ४९ जनाको मृत्यु भएको छ।
हालसम्म कोरोना भाइरसको संक्रमणकै कारण इटलीमा मृत्यु हुनेको संख्या १९७ पुगेको छ। इटलीका स्वास्थ्य अधिकारीहरूका अनुसार त्यहाँ जम्मा चार हजार ६०० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर हालसम्म १ लाखभन्दा धेरै व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको पाइएको छ। चाइनामा मात्र ३ हजारभन्दा बढी व्यक्तिले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन्।
इटलीको नेसनल हेल्थ इन्स्टिच्यूटका अनुसार कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकाहरूको उमेर सरदर ८१ वर्ष रहेको छ। जसमध्ये अधिकांशमा अन्य विमारी पनि थियो। मृत्यु भएकामध्ये ७२ प्रतिशत पुरूष हुन्।
इटलीको सरकारी विवरण अनुसार संक्रमित मध्ये ४.२५ प्रतिशतको मृत्यु भएको छ। जुन कोरोना भाइरसको संक्रमणबाट भइरहेको मृत्युको सबैभन्दा उच्च दर हो। इटली विश्वमै सबैभन्दा धेरै बृद्धबृद्धा भएको देशहरूमध्ये एक हो।
इटालीका विभिन्न २२ वटा शहरमा कोरोना भाइरसको प्रकोप देखिएको छ। इटालीले देशैभरिका विद्यालय, विश्वविद्यालय बन्द गराएको छ।
" /> काठमाडौं। इटलीमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दो क्रममा छ। पछिल्लो २४ घण्टामा त्यहाँ ४९ जनाको मृत्यु भएको छ।हालसम्म कोरोना भाइरसको संक्रमणकै कारण इटलीमा मृत्यु हुनेको संख्या १९७ पुगेको छ। इटलीका स्वास्थ्य अधिकारीहरूका अनुसार त्यहाँ जम्मा चार हजार ६०० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ।

">