सर्जिकल सामान कालोबजारी गर्ने पक्राउ <p>काठमाडौं। सर्जिकल सामग्री कालोबजारी गर्ने एक व्यवसायी पक्राउ परेका छन्। कोरोना भाइरस&nbsp;संक्रमणको जोखिमको मौका छोपेर ह्याण्ड स्यानेटाइजर कालोबजारी गरी बेच्ने प्रिया ट्रेडर्सका अनिल गुप्ता&nbsp;पक्राउ परेका हुन्।</p> <p>भारत घर भएका गुप्ताले काठमाडौं&nbsp;महानगरपालिका&ndash;२५ बाङ्गेमुडामा पसल राखेर सामान कालोबजारी गर्दै आएको महानगरीय प्रहरी वृत्त जनसेवाले जनाएको छ।&nbsp;जनसेवा प्रहरीका प्रमुख, प्रहरी नायब उपरीक्षक सुनिलजङ्ग शाहले ११० पर्ने सामानलाई ३०० लिएर बेचेको सूचनाका आधारमा गुप्तालाई पक्राउ गरिएको जानकारी दिए।</p> <p>गुप्ताको साथबाट&nbsp;प्रहरीले ८१४ थान ह्याण्ड स्यानेटाइजर बरामद गरेको छ। जसको बजार मूल्य दुई लाख ५६ हजार ५२० रहेको छ। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्