काठमाडौं। काठमाडौं विश्वविद्यालय अन्तर्गतको धुलिखेल अस्पतालमा कार्यरत डाक्टर सुवास दुलाल शाकाहारी हुन्। रोचक त के भने परिवारमा उनीमात्र शाकाहारी छन् । चाडबाडका बेला अरुले गर्ने मासु उपभोगको मात्रा बढी नै हुने गर्छ । तैपनि उनलाई कहिल्यै मासुको चाख लागेन ।
दशैं जस्ता चाडबाड आउँदा डाक्टर दुलाललाई प्रायःले सोध्ने एउटै प्रश्न हुन्छ – के खान्छौ ?
जुनसुकै चाड आए पनि उनले दुग्ध पदार्थ, सागसब्जी र फलफूलको उपभोग बढी गर्छन् ।
दुलाल मात्र होइन अरु शाकाहारीले पनि यिनै पदार्थको बढी उपभोग गर्छन् ।
त्यसो त अचेल शाकाहारीको संख्या बढ्दो छ । ठ्याक्कै संख्या थाहा नभए पनि एउटा अमेरिकी अनुसन्धानले नेपालमा १५ प्रतिशत जनता शाकाहारी भएको देखाएको नेपाल शाकाहारी संघका अध्यक्ष कृष्ण गुरुङ बताउँछन् ।
शाकाहारीको संख्या उल्लेख रुपमा हुँदाहुँदै पनि नेपाली समाजमा एउटा भनाई प्रचलित छ– ‘स्वास्थ्यका लागि भए पनि मासु खानु पर्छ ।’
दशैंलाई त झनै मासु खाने पर्वकै रुपमा लिने गरिन्छ ।
विभिन्न अध्ययनले भने स्वास्थ्यका लागि मासु नै खानु पर्ने पुष्टि गर्दैनन् ।
गेडागुडी, सागसब्जी, फलफूलबाट पनि मासुबाट पाइने पौष्टिक पदार्थ पाइन्छ ।
चाड पर्व भन्दैमा मांसहारी खानालाई नै प्राथमिकता दिने चलन ठीक नभएको अध्यक्ष गुरुङको मत छ ।
“मांसहारी भन्दा शाकाहारी मानिस निरोगी हुने अध्ययनले नै देखाई सकेको छ त्यसैले शाकाहारीमै जोड दिनुपर्छ”, गुरुङ भन्छन् ।
शाकाहारी भएकैले दशैं खासै फरक नहुने नेपाल शाकाहारी संघका उपाध्यक्ष सुरेश शर्मा बताउँछन् । खानपिन छाडेर अरु सबै मांसहारीको सरह हुने उनको अनुभव छ ।
मांसहारीले दशैंमा मासुजन्य पदार्थ बढी उपभोग गरे पनि आपूmहरुले दुग्ध पदार्थबाट बनेको पनिर, मिठाई तथा सागसब्जि, फलफुलको उपभोग बढी गर्ने गरेकोे उपाध्यक्ष शर्मा बताउँछन्।
शाकाहारी संघका उपाध्यक्ष शर्मा सबै प्राणीको बाँच्ने अधिकारको सम्मान गर्दै संघले शाकाहारी खानामा बढी जोड दिएको बताउँछन्। उनले शाकाहारी खानामा नै आफूहरु रमाउने गरेको बताए।
“मांसाहारीले मासु खान्छन्, शाकाहारीले मिठाई”, कालिमाटी स्वीट केभका सञ्चालक सुमन सायमी पनि शर्माको अनुभवमा सही थप्छन् । दशैं जस्ता चाडपर्वमा मिठाई खरिद गर्ने उपभोक्ता बढी हुने गरेको उनले बताए।
दशैंमा मांसाहार बढी हुनुको एउटा कारण बली प्रथा पनि हो ।
किनभने दशैंमा भगवतिलाई चढाइएको बलीलाई नै परिकारका रुपमा खाने गरिएको छ।
डा. चिन्तामणी योगी भने बलीप्रथालाई मानव समाजको विकाससँगै आएको नकारात्मक प्रचलन ठान्छन् ।
“हाम्रो धर्मको कुनै पनि ग्रन्थले बली प्रथालाई प्रश्रय दिदैन,”, डा. योगी भन्छन्, “दशैंलाई बलि प्रथासँग मानिस आफैले जोडेका हुन्।”
दशैँको अवसरमा शाकाहारीले पनि लौका, कुबिन्डो लगायतको बलि दिने गरेको भने उनी स्वीर्काछन्।
नेपाल शाकाहारी संघका अध्यक्ष कृष्ण गुरुङकोे विचार भने फरक छ।
उनी भन्छन्, “हामी कुनै पनि किसिमको बली प्रथालाई स्वीकार गर्दैनौँ।” दशैंको अवसर पारेर बलीमुक्त समाजको लागिसंघले विभिन्न कार्यक्रमको आयोजना गरेको उनको भनाइ छ।