डाेल्पा। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-१ मा पर्ने करेलीकाँडा गाउँमा फैलिएको रोग पुष्टि भएको छ। तीन दिनअघि हेलिकप्टरबाट सुर्खेत लगिएका तीनजना बिरामीको नमूना काठमाडाैं पठाएर टेकु अस्पतालमा परीक्षण गराउँदा २३ फागुन बेलुकी मात्रै रोगको पुष्टि भएको हो।

गाउँ नै थला पार्ने गरी दुई सातादेखि फैलिएको उक्त रोग कोरोना नभई मौसमी रुघाखोकी भएको जिल्ला अस्पतालका डा. मेलिना हमालले जानकारी दिइन्। “शुक्रबार साँझ मात्रै टेकुबाट ल्याब परीक्षणको प्रतिवेदन आयो, प्रतिवेदनमा अरू बेला लाग्ने जस्तै मौसमी रुघाखोकी भएको पुष्टि भएको छ”, उनले भनिन्, “सरसफाइमा ध्यान नदिँदा एकपछि अर्को गर्दै गाउँभरि नै रोग फैलिएको हो, त्यतिमात्र नभई रुघाखोकी लाग्दा सही तरिकाले मास्कको प्रयोग नगर्ने, पानी नउमालेर नखाने, जहाँ पायो त्यही फोहर गर्ने, हात नधोएरै खाना पकाउने जस्ता यावत् कुरामा ध्यान नदिँदा रोग फैलिएको पायौं।”

सबै स्थानीयलाई भेला गरेर सरसफाइ कसरी गर्ने, सामान्य रुघाखोकी, झाडापखाला लाग्दा कसरी बच्नेलगायतका स्वास्थ्यसम्बन्धी धेरै कुरा सिकाएको उनकाे भनाइ छ।

पाँचजना स्वास्थ्यकर्मीले लेखनाथ आधारभूत विद्यालयमा क्याम्प नै खडा गरेर नियमित उपचार शुरू गरेपछि अहिले बिरामीको अवस्था सामान्य भएको छ। दुई सातादेखि थला परेका रुघाखोकी, ज्वरो र पखालाका १५० जनाको नियमित उपचार गरेपछि बिरामी सामान्य अवस्थामा फर्केको र नियमित काममा फर्किएको डा. हमालकाे भनाइ छ।

चार-पाँच दिनपछि स्थानीयको अवस्था बुझ्न स्वास्थ्यकर्मी फेरि गाउँ पुग्ने बताइएको छ।

गाउँदेखि स्वास्थ्यचौकी डेढ घण्टा टाढा भएकाले त्यहाँका स्वयंसेविकालाई तालीम दिएर औषधिको जिम्मा दिनुपर्ने स्वास्थ्यकर्मीले बताएका छन्। “सामान्य सिटामोल, जीवनजल लिन पनि नगरपालिकाको केन्द्रमा पुग्नुपर्ने अवस्था छ”, स्वास्थ्यचौकी त्रिपुराकोटका सिनियर अहेब शेरबहादुर कठायतले भने, “सिटामोल, जीवनजललगायतका सामान्य औषधि गाउँमै स्वयंसेविकाकै जिम्मा दिनुपर्छ, ताकि सामान्य औषधि लिन डेढ घण्टा हिँड्न नपरोस्।” रासस

" /> डाेल्पा। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-१ मा पर्ने करेलीकाँडा गाउँमा फैलिएको रोग पुष्टि भएको छ। तीन दिनअघि हेलिकप्टरबाट सुर्खेत लगिएका तीनजना बिरामीको नमूना काठमाडाैं पठाएर टेकु अस्पतालमा परीक्षण गराउँदा २३ फागुन बेलुकी मात्रै रोगको पुष्टि भएको हो।

गाउँ नै थला पार्ने गरी दुई सातादेखि फैलिएको उक्त रोग कोरोना नभई मौसमी रुघाखोकी भएको जिल्ला अस्पतालका डा. मेलिना हमालले जानकारी दिइन्। “शुक्रबार साँझ मात्रै टेकुबाट ल्याब परीक्षणको प्रतिवेदन आयो, प्रतिवेदनमा अरू बेला लाग्ने जस्तै मौसमी रुघाखोकी भएको पुष्टि भएको छ”, उनले भनिन्, “सरसफाइमा ध्यान नदिँदा एकपछि अर्को गर्दै गाउँभरि नै रोग फैलिएको हो, त्यतिमात्र नभई रुघाखोकी लाग्दा सही तरिकाले मास्कको प्रयोग नगर्ने, पानी नउमालेर नखाने, जहाँ पायो त्यही फोहर गर्ने, हात नधोएरै खाना पकाउने जस्ता यावत् कुरामा ध्यान नदिँदा रोग फैलिएको पायौं।”

सबै स्थानीयलाई भेला गरेर सरसफाइ कसरी गर्ने, सामान्य रुघाखोकी, झाडापखाला लाग्दा कसरी बच्नेलगायतका स्वास्थ्यसम्बन्धी धेरै कुरा सिकाएको उनकाे भनाइ छ।

पाँचजना स्वास्थ्यकर्मीले लेखनाथ आधारभूत विद्यालयमा क्याम्प नै खडा गरेर नियमित उपचार शुरू गरेपछि अहिले बिरामीको अवस्था सामान्य भएको छ। दुई सातादेखि थला परेका रुघाखोकी, ज्वरो र पखालाका १५० जनाको नियमित उपचार गरेपछि बिरामी सामान्य अवस्थामा फर्केको र नियमित काममा फर्किएको डा. हमालकाे भनाइ छ।

चार-पाँच दिनपछि स्थानीयको अवस्था बुझ्न स्वास्थ्यकर्मी फेरि गाउँ पुग्ने बताइएको छ।

गाउँदेखि स्वास्थ्यचौकी डेढ घण्टा टाढा भएकाले त्यहाँका स्वयंसेविकालाई तालीम दिएर औषधिको जिम्मा दिनुपर्ने स्वास्थ्यकर्मीले बताएका छन्। “सामान्य सिटामोल, जीवनजल लिन पनि नगरपालिकाको केन्द्रमा पुग्नुपर्ने अवस्था छ”, स्वास्थ्यचौकी त्रिपुराकोटका सिनियर अहेब शेरबहादुर कठायतले भने, “सिटामोल, जीवनजललगायतका सामान्य औषधि गाउँमै स्वयंसेविकाकै जिम्मा दिनुपर्छ, ताकि सामान्य औषधि लिन डेढ घण्टा हिँड्न नपरोस्।” रासस

"> डोल्पामा काेराेना भाइरसकाे संक्रमण नभई मौसमी रुघाखोकी भएकाे पुष्टि: Dekhapadhi
डोल्पामा काेराेना भाइरसकाे संक्रमण नभई मौसमी रुघाखोकी भएकाे पुष्टि
डाेल्पा। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-१ मा पर्ने करेलीकाँडा गाउँमा फैलिएको रोग पुष्टि भएको छ। तीन दिनअघि हेलिकप्टरबाट सुर्खेत लगिएका तीनजना बिरामीको नमूना काठमाडाैं पठाएर टेकु अस्पतालमा परीक्षण गराउँदा २३ फागुन बेलुकी मात्रै रोगको पुष्टि भएको हो।

गाउँ नै थला पार्ने गरी दुई सातादेखि फैलिएको उक्त रोग कोरोना नभई मौसमी रुघाखोकी भएको जिल्ला अस्पतालका डा. मेलिना हमालले जानकारी दिइन्। “शुक्रबार साँझ मात्रै टेकुबाट ल्याब परीक्षणको प्रतिवेदन आयो, प्रतिवेदनमा अरू बेला लाग्ने जस्तै मौसमी रुघाखोकी भएको पुष्टि भएको छ”, उनले भनिन्, “सरसफाइमा ध्यान नदिँदा एकपछि अर्को गर्दै गाउँभरि नै रोग फैलिएको हो, त्यतिमात्र नभई रुघाखोकी लाग्दा सही तरिकाले मास्कको प्रयोग नगर्ने, पानी नउमालेर नखाने, जहाँ पायो त्यही फोहर गर्ने, हात नधोएरै खाना पकाउने जस्ता यावत् कुरामा ध्यान नदिँदा रोग फैलिएको पायौं।”

सबै स्थानीयलाई भेला गरेर सरसफाइ कसरी गर्ने, सामान्य रुघाखोकी, झाडापखाला लाग्दा कसरी बच्नेलगायतका स्वास्थ्यसम्बन्धी धेरै कुरा सिकाएको उनकाे भनाइ छ।

पाँचजना स्वास्थ्यकर्मीले लेखनाथ आधारभूत विद्यालयमा क्याम्प नै खडा गरेर नियमित उपचार शुरू गरेपछि अहिले बिरामीको अवस्था सामान्य भएको छ। दुई सातादेखि थला परेका रुघाखोकी, ज्वरो र पखालाका १५० जनाको नियमित उपचार गरेपछि बिरामी सामान्य अवस्थामा फर्केको र नियमित काममा फर्किएको डा. हमालकाे भनाइ छ।

चार-पाँच दिनपछि स्थानीयको अवस्था बुझ्न स्वास्थ्यकर्मी फेरि गाउँ पुग्ने बताइएको छ।

गाउँदेखि स्वास्थ्यचौकी डेढ घण्टा टाढा भएकाले त्यहाँका स्वयंसेविकालाई तालीम दिएर औषधिको जिम्मा दिनुपर्ने स्वास्थ्यकर्मीले बताएका छन्। “सामान्य सिटामोल, जीवनजल लिन पनि नगरपालिकाको केन्द्रमा पुग्नुपर्ने अवस्था छ”, स्वास्थ्यचौकी त्रिपुराकोटका सिनियर अहेब शेरबहादुर कठायतले भने, “सिटामोल, जीवनजललगायतका सामान्य औषधि गाउँमै स्वयंसेविकाकै जिम्मा दिनुपर्छ, ताकि सामान्य औषधि लिन डेढ घण्टा हिँड्न नपरोस्।” रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्