भन्सार छलेर भारत लैजाँदै गरेको सात सय लिटर डिजेलसहित मोटरसाइकल नियन्त्रण <p>वीरगंज। पर्सा प्रहरीले भन्सार छलेर भारततर्फ चोरी निकासी गर्दै गरेको ७०० लिटर डिजेलसहित तीन वटा भारतीय मोटरसाइकल नियन्त्रणमा लिएको छ।</p> <p>प्रहरीका अनुसार पकाहामैनपुर गाउँपालिका-१ धोरे बाट अवैध रूपमा भारतीय मोटरसाइकलमा चोरी निकासी गर्दै गर्दा उक्त डिजेल नियन्त्रणमा लिइएको हो।</p> <p>नियन्त्रणमा लिइएको बीआर २२ के ३७३१, बीआर २२ जी ८४२४ र बीआर ०५ डी २८९६ नम्बरको मोटरसाइकलसहित डिजेल थप अनुसन्धान र कावाहीको लागि वीरगंज भन्सारमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्