कोरोना कहर: लिग स्थगित गर्न इटालियन फुटबल संघका अध्यक्षको आग्रह
काठमाडौं। उत्तरी इटालीमा कोरोना भाइरस संक्रमणको त्रास बढीरहेको अवस्थामा इटालियन फुटबल संघका अध्यक्ष दमियानो तोमासीले सबै फुटबलको जारी सिजन स्थगित गर्न माग गरेका छन्।

मिलान र बर्गामोसहित लोमबर्डी र आसपासका ११ प्रान्तलाई सरकारले कारोना भाइरस संक्रमणको जोखिम क्षेत्र मानेको छ।

यस्तो अवस्थामा अत्यावश्यक कामका लागि बाहेक कोही पनि त्यस क्षेत्रबाट बाहिर निस्कन र त्यहाँ जान सकेका छैनन्।

इटालीमा ५ हजार ६१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ भने २३३ जनाको मृत्यु भइसकेको छ।

जसकारण ३ अप्रिलसम्मका लागि सबै खेल खाली रंगशालमा खेल्नुपर्ने भएको छ।

जसका कारण तोमासीले ट्वीटरमा लेखेका छन्, ‘‘अब लिग बन्द गरौं। हामीले अरू केही गर्नु आवश्यक छ? फुटबल रोकौं !’’

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्