इटालीमा एक करोड ६० लाख मानिस क्वारेन्टाइनमा

काठमाडौं। इटालीका प्रधानमन्त्रीले उत्तरी इटालीका एक करोड ६० लाख जनता अप्रिलको शुरुसम्म क्वारेन्टाइनमा रहने घोषणा गरेका छन्।

इटालीमा कोरोना भाइरस संक्रमण अचानक बढ्न पुगेपछि जिम, स्विमिङ पुल, म्युजियम, स्की रिसोर्टहरू बन्द गरिएको हो। विवाह र अन्त्येष्टी समेत क्वारेन्टाइन अवधिभर नगर्न निर्देशन दिइएको छ।

इटालीमा कोरोना संक्रमणका कारण निधन हुनेको संख्या २३० नाघिसकेको छ। २४ फागुनसम्म इटालीमा पाँच हजारभन्दा बढीमा कोरोना संक्रमण फेला परेको छ।

“हामी हाम्रा जनताको स्वास्थ्य सुनिश्चित गर्न चाहन्छौं। हामीलाई थाहा छ यो निर्देशनले त्याग माग गर्छ”, इटालीका प्रधानमन्त्री जिसेप कान्टेले आज बिहान भनेका छन्।

आपतकालीन अवस्थामा बाहेक उत्तरी इटालीका मानिसहरूलार्य शहर छोड्न वा प्रवेश गर्न प्रतिबन्ध लगाइएको छ।

के के उपाय अपनाइएको छ ?

विवाह, अन्त्येष्टी लगायतका धार्मिक र सांस्कृतिक कार्यक्रमहरू स्थगित गरिएको छ।

सिनेमा हल, नाइट क्लब, जिम, स्विमिङ पुल, म्युजियम र स्की रिसोर्टहरू बन्द गरिउको छ।

बिहान ६ देखि बेलुका ६ बजेसम्म रेष्टुरेण्ट र क्याफे खुल्न सक्नेछन् तर ग्राहकहरू कम्तिमा एक मिटरको दूरीमा बस्नुपर्नेछ।

खेल प्रतियोगिताहरू स्थगित गरिएका छन्।

मानिसहरूलाई सकेसम्म घरमै बस्न भनिएको छ। क्वोरन्टाइनका नियम उल्लंघन गर्नेलाई तीन महीनासम्म जेल सजाय हुनसक्नेछ। -बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्