काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्यालले आर्थिक रूपमा सबल नहुँदासम्म महिलाले आफ्नो अधिकार प्राप्त गर्न नसक्ने बताएकी छन्।
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री अर्यालले संविधानमा उल्लेख भएका अधिकार सबै भोग्ने अवस्थामा पुर्याउन महिलालाई आर्थिक रूपमा सक्षम बनाउनुपर्ने बताएकी हुन्।
सरकारले १५औं योजनामा सन २०३० भित्रमा महिलामाथि हुने सबै खालका असमानताको अन्त्य गर्ने लक्ष्य लिएको र सोही अनुसार नै काम अगाडि बढेको बताइन्। उनले राज्यका विभिन्न निकायमा रहेका महिलाले आफ्नो जिम्मेवारी कुसलतापूर्वक पूरा गरी महिला सक्षम छन् भन्ने प्रमाणित गर्दै अगाडि बढ्नुपर्ने बताइन्।
नेपाली कांग्रेसका सचेतक पुष्पा भुसालले संविधानले समानुपातिक समावेशिताको सुनिश्चितता गरेको भएपनि सरकारमा महिला सहभागिता नहुनुले अझैपनि महिलालाई चुनौती रहेको बताइन्। उनले अझैपनि निर्णय गर्ने ठाउँमा महिला पुग्न नसक्नुले राजनीतिक लडाईं अझै नसकिएको भुसालले बताइन्।
राष्ट्रिय सभा सदस्य सांसद कोमल ओलीले महिलाको कुरा महिलाले मात्र उठाएर समाधान नहुने बताए। उनले अवसर पाएका महिलाले अरु महिलाका लागि प्रयास नगरेसम्म महिला अधिकारका कुरा गर्नु व्यर्थ हुने बताइन्।
सांसद चन्दा चौधरीले विभिन्न पार्टीभित्र रहेका महिलाहरू महिलाको विषयमा पार्टीको ह्विप भन्दा माथि उठेर काम गर्न नसक्दासम्म महिला अधिकारको सुनिश्चितता नहुने बताइन्।
नायिका रेखा थापाले पुरुषको दबदवा भयो, महिला कोटामा मात्रै भन्ने महिलाले हिम्मत गरेर चुनावमा पुरुषलाई भोट नहाल्न चुनौती दिइन्। उनले सदनका महिलादेखि सडकका महिलाहरू ताली बजाउन र दर्शकको रूपमा मात्र काम गरेकाले महिला सँधै पछाडि परेको बताइन्।
कार्यक्रममा महिलाको हक, हितका लागि नेतृत्व तहमा पुगेका महिलाले आफ्नो जिम्मेवारीमा रही अधिकार र महिलाका मुद्दाका विषयमा एकरूपता कायम गरी सबैले काम गर्नुपर्नेमा महिला नेतृहरूले जोड दिएका थिए।
उनीहरूले देशको कार्यकारी प्रधानमन्त्री भएर काम गर्न सक्ने क्षमता महिलामा रहेको उल्लेख गर्दै त्यसका लागि आफूहरू सधैँ लडिरहने प्रतिवद्धता समेत जनाए।
" /> काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्यालले आर्थिक रूपमा सबल नहुँदासम्म महिलाले आफ्नो अधिकार प्राप्त गर्न नसक्ने बताएकी छन्।अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री अर्यालले संविधानमा उल्लेख भएका अधिकार सबै भोग्ने अवस्थामा पुर्याउन महिलालाई आर्थिक रूपमा सक्षम बनाउनुपर्ने बताएकी हुन्।

">