कैलाली। सुदूरपश्चिमको प्रमुख शहर धनगढी स्वास्थ्य क्षेत्रको केन्द्र बन्दै छ। कामका लागि मात्रै नभएर स्वास्थ्य उपचारमा पनि भारतमै निर्भर हुनुपर्ने सुदूरपश्चिमवासीको बाध्यतालाई धनगढीले केही हदसम्म कम गर्दैछ।
धनगढीमा खुलेका सुविधा-सम्पन्न अस्पतालले एकातर्फ त ठूलो धनराशि बाहिरिनबाट रोक्नेछन् भने अर्कोतर्फ स्थानीयवासीले घर नजिकै सेवा प्राप्त गर्न सक्नेछन्।
आँखा उपचारमा पाएको सफलताले अहिले धनगढी लाखौं भारतीय नागरिकहरूको गन्तव्य पनि बनिरहेको छ।
धनगढीमा पछिल्लोसमय थपिएका निसर्ग, माया मेट्रो, नोभा, कैलाली, सिपी, ओम आशा, सारथि, नवजीवन, धर्मरुद्र जस्ता सुविधा सम्पन्न अस्पतालले स्थानीयस्तरमै विशेषज्ञ सेवा उपलब्ध गराइरहेका छन्। यसबाट पहिले उस्तै सेवा लिन नेपालगञ्ज, काठमाडौं र भारतका विभिन्न शहरसम्म पुग्नुपर्ने बाध्यता अब हटेको भन्दै स्थानीयवासी पनि खुशी छन्।
केही समयअघि मात्रै सञ्चालनमा आएको निसर्ग अस्पतालले सुदूरपश्चिममै पहिलोपटक भेन्टिलेटर, आईसीयू, एनआईसीयूलगायत बालरोग, स्त्री रोग, सर्जरी, अर्थोपेडिक, फिजिसियन चिकित्सकहरूबाट विशेषज्ञ सेवा दिइरहेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरका अध्यक्ष तीर्थराज पन्तले बताए। उनी अस्पतालले नाफामुखी मात्रै नभई सामाजिक उत्तरदायित्व समेत बहन गरिरहेको बताउँछन्। अस्पतालले भारतका शहरहरू भन्दा गुणस्तरीय सेवा सर्वसुलभ दरमा उपलब्ध गराइरहेको उनको दाबी छ।
शुरूमा पाँच करोडको लागतमा सञ्चालनमा आएको अस्पतालमा अहिले लगानी आठ करोडभन्दा बढी पुगिसकेको छ।
मायामेट्रो अस्पतालले १४ जना विशेषज्ञ चिकित्सकको सेवाका साथमा सिटी स्क्यान, आईसीयु र एनआईसीयु सेवा दिइरहेको अस्पतालका अध्यक्ष धीरेन्द्र साउँदले बताए। अस्पताल स्थापना गर्न १५ करोड लगानी गरिएको उनको भनाइ छ। अस्पतालले आर्थिक अवस्था कमजोर भएका बिरामीलाई छुट दिँदै आएको र एउटै टिकटले सबै चिकित्सकबाट सेवा लिन सक्ने व्यवस्था गरिएको अध्यक्ष साउँदले बताए।
पछिल्लोसमय अस्पतालबाट दिने सेवा सुविधा बढ्दै जानु र विशेषज्ञ सेवा स्थानीयस्तरमै पाइँदा खुशी लागेको बिरामी र उनीहरूका आफन्तहरू बताउँछन्।
त्यस्तै सिपी अस्पतालले सस्तो दरमा एपेन्डिसाइटिसको उपचार उपलब्ध गराएपछि बिरामीहरूले स्थानीयस्तरमै उपचार सेवा पाएको अस्पतालका सञ्चालक डा. चन्द्र प्रकाश पाण्डेयले बताए। यो अस्पतालले हाडजोर्नी, बालरोग, स्त्री रोग आदिमा विशेषज्ञ सेवा पनि प्रदान गरिरहेको छ।
सेती प्रादेशिक अस्पताल सुदूरपश्चिममा भएको एउटै मात्र ठूलो सरकारी अस्पताल हो। त्यहाँ २०० शैय्या मात्रै छ र चार शैय्याको मात्रै आईसीयू सुविधा छ।
धनगढीमा नयाँ खुलेका निजी अस्पतालहरूमा ३०० शैय्या उपलब्ध छ र प्रायः सबै अस्पतालमा आईसियु सुविधा छ।
अहिले धनगढीमा मात्रै करीब ८० जना विशेषज्ञ डाक्टरहरू उपलब्ध रहेको कैलाली अस्पतालका सञ्चालक जनकराज जोशीले बताए।
गेटा अस्पतालमा निर्माणाधीन मेडिकल कलेज पनि आगामी दुई वर्षभित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।
" /> कैलाली। सुदूरपश्चिमको प्रमुख शहर धनगढी स्वास्थ्य क्षेत्रको केन्द्र बन्दै छ। कामका लागि मात्रै नभएर स्वास्थ्य उपचारमा पनि भारतमै निर्भर हुनुपर्ने सुदूरपश्चिमवासीको बाध्यतालाई धनगढीले केही हदसम्म कम गर्दैछ।धनगढीमा खुलेका सुविधा-सम्पन्न अस्पतालले एकातर्फ त ठूलो धनराशि बाहिरिनबाट रोक्नेछन् भने अर्कोतर्फ स्थानीयवासीले घर नजिकै सेवा प्राप्त गर्न सक्नेछन्।

">