फुडमाण्डुको वेबसाइटमा साइबर हमला, चोरी भयो ग्राहकको व्यक्तिगत विवरण
काठमाडौं। अनलाइन मार्फत खाना तथा खाजा डेलिभर गर्ने कम्पनी फुडमाण्डुको वेबसाइटमा साइवर हमला भएको छ।

२४ फागुन राती वेबसाइटमा साइबर हमला भएको फुडमाण्डुका प्रमुख कार्यकारी अधिकृत निदान श्रेष्ठले बताए।

वेबसाइट ह्याक गरी ग्राहकको व्यक्तिगत विवरण चोरी भएको फुडमाण्डुले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। ह्याकरले फुडमाण्डुका ग्राहकको नाम, ठेगाना, इमेल र फोन नम्बर चोरी गरेको कम्पनीले बताएको छ।

ग्राहकको व्यक्तिगत विवरण सुरक्षित राख्न प्रतिवद्ध भए पनि सामान्य प्राविधिक समस्या पत्ता लगाएर ह्याकरले फुडमाण्डुको वेबसाइट ह्याक गरेको र त्यसलाई अहिले समाधान गरिसकिएको श्रेष्ठले बताए।

कम्पनी अहिले नेपाली प्रहरी अन्तर्गतको विद्युतीय अपराध शाखामा वेबसाइट ह्याक भएको बारे जानकारी गराएको र विद्युतीय अपराध शाखाले थप अनुसन्धान गरिरहेको फुडमाण्डुको विज्ञप्तिमा उल्लेख छ।

ह्याकरको हमलाको कारण फुडमाण्डुको नियमित सेवामा कुनै असर भने नपरेको श्रेष्ठले बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्