काठमाडौं। नेपाल चेम्बर अफ कमर्शले कोरोना भाइरस (कोभड–१९) नियन्त्रणका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र स्वास्थ्य सेवा विभागलाई विभिन्न सामग्री उपलब्ध गराएको छ।
चेम्बरले आज एक कार्यक्रम गरी त्रिभुवन विमानस्थल हवाई उड्डयन कार्यालय र स्वास्थ्य सेवा विभागलाई मास्क, इन्फ्रारेड थर्मोमिटर, एप्रोन, ह्याण्ड ग्लोभ लगायतका सामग्रीहरू उपलब्ध गराएको हो।
कार्यक्रममा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले कोरोना भाइरस (कोभिड–१९)को सम्भावित प्रकोप नियन्त्रण तथा उपचारका लागि आफूहरूले उपलब्ध गराएको सामग्रीले सघाउ पुर्याउने विश्वास व्यक्त गरे।
चेम्बरले उपलब्ध गराएको सामग्री कोरोना भाइरस प्रवेश हुन सक्ने स्थानमा प्रयोग गर्ने स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. महेन्द्रप्रसाद श्रेष्ठले बताए।
उनले बजारमा सहजै सामग्री पाउन नसकेको अवस्थामा निःशुल्क उपलब्ध गराएर चेम्बरले गरेको सहयोग अपुरणीय भएको बताए।
त्रिभुवन विमानस्थल हवाई उड्डयन कार्यालयका निर्देशक देव चन्द्रलाल कर्णले एअरपोर्टजस्तो संवेदनशिल क्षेत्रमा हुनसक्ने संक्रमणको पहिचान र रोकथामका लागि चेम्बरले उपलब्ध गराएका सामग्री महत्वपूर्ण हुने बताए।
नेपाल चेम्बर अफ कमर्शले प्राइम किट प्रिमियम सेट, गाउन, एप्रोन, ह्याण्ड ग्लोभ, पेमर मास्क, नन कन्ट्राक्ट इन्फ्रारेड थर्मोमिटर लगायतका सामग्रीहरु उपलब्ध गराएको हो।
" /> काठमाडौं। नेपाल चेम्बर अफ कमर्शले कोरोना भाइरस (कोभड–१९) नियन्त्रणका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र स्वास्थ्य सेवा विभागलाई विभिन्न सामग्री उपलब्ध गराएको छ।चेम्बरले आज एक कार्यक्रम गरी त्रिभुवन विमानस्थल हवाई उड्डयन कार्यालय र स्वास्थ्य सेवा विभागलाई मास्क, इन्फ्रारेड थर्मोमिटर, एप्रोन, ह्याण्ड ग्लोभ लगायतका सामग्रीहरू उपलब्ध गराएको हो।

">