बाँके । प्रत्येक वर्ष दशैंमा आयोजना हुने रामलीला नेपालगन्जको महत्वपूर्ण मौलिक संस्कृति हो । जुन डेढ सय वर्षदेखि निरन्तर चलिरहेको छ ।
अवधीभाषी नेपालीको महत्वपूर्ण भौतिक सांस्कृतिक सम्पदाका रुपमा चिनिएको रामलीला दशैंको घटस्थापनादेखि शुरू भइ विजयादशमीको भोलिपल्टसम्म चल्छ । जहाँ रामको जन्मदेखि राज्याभिषेकसम्मका कथा मञ्चन गरिन्छ ।
रामको जन्म, विवाह, वनबास, रावणबध, भरतमीलाप लगायतका घटनाक्रमलाई भारतको वृन्दावनबाट आएका कलाकारले नाटकका माध्यमबाट प्रस्तुत गर्छन् ।
असत्यमाथि सत्यको जीत भएको दिनको रुपमा मनाइने विजयादशमीको दिन रामलीलामा गरिने रावणबध सबभन्दा आकर्षक र महत्वपूर्ण मानिन्छ ।
रावणबध हेर्न नेपालसहित भारतको बहराइच, श्रावस्ती जिल्लाबाट समेत हजारौं श्रद्धालुहरु नेपालगन्जको रामलिला मैदान पुग्ने गरेका छन् ।
यो पटकको रामलीला १५२औं हो । रामलिला संचालक समितिका कार्यवाहक अध्यक्ष सन्तोष कनोडियाका अनुसार आदिकवि भानुभक्त आचार्यले अनुवाद गरेको रामायणको सारसंक्षेप मञ्चन गरिन्छ ।
रामलीला एउटा संस्कृति र पर्वमात्र नभएर यो आदर्श भएको कार्यवाहक अध्यक्ष कनोडियाको भनाइ छ ।
नयाँपीढिमा भने त्यतिसारो रुचि नदेखिँदा नेपालगन्जको मौलिक इतिहासका रुपमा रहेको रामलीला मञ्चनको निरन्तरतामा कतै बिराम लाग्ने हो कि भन्ने चिन्ता पुराना पुस्तामा देखिन्छ ।
कार्यवाहक अध्यक्ष कनोडिया पनि यो कुरा स्वीकार्छन । तर, रामलीलाको निरन्तरतामा रुकावट नहुने उनको विश्वास छ ।
नयाँ पीढिले यसमा खासै रुचि नदेखाएको पक्कै हो । तर, रामलीला पर्वमात्र नभएर आदर्श पनि हो ।
"यसको निरन्तरताका लागि हामी प्रयत्न गरिरहेका छौं," कनोडियाले भने l आउँदो पुस्ता पनि रामलीलाको संस्कृतिक महत्व र आदर्श बुझेर यसको संरक्षणमा अवश्य लाग्नेछ ।
रामलीला संचालनका लागि संचालक समितिको नाममा अहिले पनि नेपालगन्जको बाँकेबगियामा साढे दुई विघा जग्गा रहेको छ ।
प्रत्येक वर्ष रामलीला संचालनका लागि झण्डै १५ लाख रूपैयाँ खर्च हुने गरेको छ । जुन खर्च चन्दा उठाएर गरिन्छ ।