काठमाडौं। बर्दियाको एक निजी विद्यालयमा कारोना भाइरस सम्बन्धी जनचेतानमुलक कार्यक्रमसँगै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।
ठाकुरबाबा नगरपालिका–६ स्थित रातो बंगला एकेमडेमीमा निःशुल्क स्वास्थ्य शिविर गरिएको हो।
थापा स्वास्थ्य क्लिनिको आयोजना र विद्यालयको सहआयोजनामा भएको शिविरमा विद्यार्थी र अभिभावक गरी करीब २२० जनाले सेवा लिएका विद्यालयका प्रबन्ध निर्देशक रमेश थापाले बताए।
शिविरमा कोहलपुर मेडिकल कलेजका डा. देवेन्द्र आचार्य, डा. सन्तोष बीसी, डा. हरि बोहोरा र डा. प्रभातकुमार गुप्ताले स्वास्थ्य परीक्षण गरेका थिए।
हिमाङशु मेडिसिय डिस्टिब्युटर्स, बायोगेन रिमेडिस प्रालि, एकता मेडिसिय डिस्टिब्युटर्सले शिविरमा औषधि सहयोग गरेका थिए।
शिविरमा पेट, छाला, ज्वरो, रुघाखोकी र ब्लड प्रेसरको समस्या भएका बिरामी आएका थिए। उनीहरूलाई झण्डै एक लाख रूपैयाँ बराबरको औषधि समेत वितरण गरिएको छ।
शिविरमा कोहलपुर मेडिकल कलेजका डा. देवेन्द्र आचार्यले कारोना भाइरसका विषयमा जानकारी दिँदै यसबाट बच्नका लागि अपनाउनुपर्ने सावधनीका विषयमा उल्लेख गरेका थिए।
शिविरमा आएका कुनैपनि व्यक्तिमा जटिल प्रकृतिको स्वास्थ्य समस्या नदेखिएको विद्यालयका प्रबन्ध निर्देशक थापाले बताए।
" /> काठमाडौं। बर्दियाको एक निजी विद्यालयमा कारोना भाइरस सम्बन्धी जनचेतानमुलक कार्यक्रमसँगै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।ठाकुरबाबा नगरपालिका–६ स्थित रातो बंगला एकेमडेमीमा निःशुल्क स्वास्थ्य शिविर गरिएको हो।

">