काठमाडौं। कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा संसारले नै स्वास्थ्य चुनौती भोगिरहेछ। यो चुनौतीसँगै त्रास पनि फैलँदो छ। कोरोना संक्रमणको त्रासले नेपालमा भने खाद्यवस्तुको भण्डारण सिर्जना गरिरहेछ।

कोरोना संक्रमण नफैलियोस् भनेर चीनले अहिले व्यापारिक नाकाबन्द गरेको छ। भारतमा भने कोरोना संक्रमण फैलँदो छ। चीनलेजस्तै भारतले पनि संक्रमण रोक्नका लागि नाका बन्द राख्यो भने दैनिक उपभोग्य सामग्रीको अभाव हुने सन्त्रासका कारण पनि आम उपभोक्ता दैनिक उपभोग्य वस्तुको संकलनमा लागेका छन्।

काठमाडौं उपत्यकावासीहरू एलपी ग्यास, नुन, तेल, चामलजस्ता उपभोग्य वस्तु संकलन गर्न लागिपरेका छन्। सरकारले भने बजारमा प्रशस्त खाद्यान्न र ग्यास मौज्दात रहेकाले उपभोक्ताले अतिरिक्त भण्डारण गर्न नपर्ने भनिरहेको छ।

आफूसँग प्रशस्त खाद्यान्न, खाना पकाउने ग्यास, डिजेल र पेट्रोल रहेको बताउने सरकारसँग अहिलेकै अवस्थामा कति छ त मौज्दात ?

‘डिजेल र पेट्रोल ९ दिन पुग्छ’

नेपाल आयल निगमले कोरोनाको संक्रमण बढ्दै गएपछि डिजेल र पेट्रोलको आयातमा समस्या नदेखिएको बताएको छ। सामान्य रूपमै नेपालमा इन्धनको आयात भइरहेको निगमको भनाइ छ।

कथंकदाचित् आयात रोकिए पनि आफूसँग करीब ९ दिनलाई पुग्ने डिजेल र पेट्रोल रहेको आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले बताए। भने, “पेट्रोलियम पदार्थ (पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन)को भण्डारण क्षमता ६८ हजार ३६४ किलो लिटर छ। जसले नेपालको ९ दिनसम्मको माग धान्न सक्छ।”

पौडेलले उक्त भण्डारणले आजकै दिनदेखि आयात रोकिए पनि ९ दिनको माग धान्न सक्ने बताए।

नेपालमा दैनिक रूपमा १५ सय देखि दुई हजार किलो लिटर पेट्रोल खपत हुँदै आएको छ।

यस्तै, डिजेलको दैनिक माग ४ हजार किलो लिटर माग रहेको छ। डिजेल र पेट्रोलको तुलनामा नेपाली बजारमा मट्टितेलको माग खासै छैन। यसका साथै, हवाई इन्धनको माग दैनिक अधिकतम एक हजार किलो लिटरसम्म हुँदै आएको छ।

आयल निगमले बताएअनुसार सबैभन्दा बढी माग डिजेलको छ र दोस्रो स्थानमा पेट्रोल। यी दुवै इन्धनको निर्वाध आयात भइरहेको तथा प्रशस्त भण्डारण रहेको छ।

झण्डै एक वर्षलाई पुग्ने नुन

नेपालमा नुनको आयात तथा विक्री वितरण गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशनले आगामी १० महीनालाई पुग्ने नुन मौज्दात रहेको बताएको छ।

कर्पोरेशनका अनुसार सरकारको नीति निर्देशन अनुसार कम्पनीले करीब ६ महीनालाई पुग्ने नुनको मौज्दात राख्नु पर्छ। सोहीअनुसार कम्पनीसँग हाल एक लाख ३६ हजार मेट्रिक टन नुन मौज्दात छ।

यसका साथै कर्पोरेशनले फेब्रुअरीदेखि मार्चसम्म विदेशबाट ल्याउँदै गरेको नुन बाटोमा रहेको बताएको छ। दुई महीनाको अवधिमा ल्याइएको २२ हजार ५०० मेट्रिक टनसहित मिलाएर कर्पोरेशनसँग एक लाख ५९ हजार नुन मौज्दात रहेको बताइएको छ।

हाल नेपालमा दैनिक साढे ५०० मेट्रिक टन नुन खपत हुँदै आएको छ। यस्तै, नेपाली बजारमा मासिक १६ हजार मेट्रिक टन नुनको माग रहेको कर्पोरेशनले जानकारी दिएको छ।

पुग्छ त चिनी ?

साल्ट ट्रेडिङ कर्पोरेशनले दिएको जानकारी अनुसार नेपाली उद्योगहरूमा एक लाख एक हजार मेट्रिक टन चिनी मौज्दात छ। यस्तै, कर्पोरेशनसँग दुई हजार ५०० मेट्रिक टन मौज्दात र ७५ हजार मेट्रिक टन चिनी बाटोमा छ।

गोदाममा रहेको र आयात गरिँदै गरेको गरी कुल १० हजार मेट्रिक टन कर्पोरेशनसँग रहेको बताइएको छ। सामान्य अवस्थामा नेपालको दैनिक चिनी खपत साढे ६ सय मेट्रिन टन हो। यही तुलनामा मासिक २० हजार मेट्रिक टन हुन आउँछ।

नेपाली चिनी उद्योगको वार्षिक कूल उत्पादन क्षमता एक लाख ८० हजार मेट्रिक टन छ। यस्तै वार्षिक माग दुई लाख ४० हजार मेट्रिक टन हुन आउँछ।

मागअनुसारको उत्पादन नेपालमै नहुने भएपछि वार्षिक रूपमा ७० हजार मेट्रिक टन आयात गरिन्छ।

‘तीन महीना पुग्छ चामल’

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार तीन महीनालाई पुग्ने चामल मौज्दात छ। निजी क्षेत्रसँग भएको चामलको मौज्दात हिसाब नगरी सरकारी संस्थामा मात्रै यति मौज्दात रहेको कम्पनीले बताएको छ।

कम्पनीले दुर्गम तथा हिमाली जिल्लामा मात्रै ४ हजार १६ मेट्रिक टन चामल मौज्दात रहेको जानकारी दिएको छ। त्यसैगरी, देशभर २५ हजार ६६९ मेट्रिक टन चामल मौज्दात रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले बताए। भने, “उक्त मौज्दातले नेपालको तीन महीनाको माग धान्न सक्छ।”

अहिले नेपालको दैनिक माग २८५ मेट्रिक टन छ। जसअनुसार मासिक ८ हजार ५५० मेट्रिक टन माग हुन आउँछ।

थप एलपी ग्यास ल्याउन अनुमति
नेपाल आयल निगमले एलपी ग्याँस आयातकर्तालाई थप ग्यास ल्याउन अनुमति दिएको छ। सामान्य अवस्थामा नेपालमा मासिक ३८ हजार किलो लिटर एलपी ग्यास खपत हुन्छ।

तर, कोरोनाको संक्रमण बढ्दै गएपछि सर्वसाधारणले कम्तीमा पनि चार÷पाँच महीनालाई मौज्दात राख्न थालेका छन्। योसँगै उपत्यकाका ग्यास पसलमा लाइन लाग्न थालेको छ।

सामान्य अवस्थाको भन्दा बढी माग भएपछि आयल निगमले व्यवसायीहरूलाई मासिक ४५ हजार किलो लिटरसम्म ग्यास ल्याउन अनुमति दिएको छ। यो भनेको विगतको भन्दा ७ हजार किलो लिटर बढी हो।

अहिलेकै अवस्थामा आयात ठप्प भएमा नेपाली ग्यास उद्योगी र व्यवसायीहरूसँग एक हप्तालाई पुग्ने ग्याँस भण्डारण छ।

" /> काठमाडौं। कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा संसारले नै स्वास्थ्य चुनौती भोगिरहेछ। यो चुनौतीसँगै त्रास पनि फैलँदो छ। कोरोना संक्रमणको त्रासले नेपालमा भने खाद्यवस्तुको भण्डारण सिर्जना गरिरहेछ।

"> कति छ अत्यावश्यक उपभोग्य वस्तुको मौज्दात ?: Dekhapadhi
कति छ अत्यावश्यक उपभोग्य वस्तुको मौज्दात ?

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्