गण्डकी प्रदेशमा तीन महीनालाई पुग्‍ने औषधि मौज्दात
कास्की। कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिमसँगै बजारमा कृत्रिम अभाव सिर्जना भइरहेका बेला औषधि व्यवसायी संघ कास्कीले गण्डकी प्रदेशमा तीन महीनालाई पुग्ने औषधि मौज्दात रहेको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय तथा उद्योग वाणिज्य संघले २५ फागुनमा गरेको छलफल कार्यक्रममा व्यवसायीले बजारमा औषधि अभाव नरहेको जानकारी दिए।

नेपाल औषधि थोक व्यवसायी समिति गण्डकीका अध्यक्ष रुद्र मल्लले हल्ला गरिएजस्तो औषधि अभाव नरहेको तर पछिल्लो समय मास्कको मूल्य केही वृद्धि भएको बताउनुभयो ।

उद्योग वाणिज्य संघका महासचिव अर्जुन पोखरेलले पोखराको निजी क्षेत्र कोरना भाइरस संक्रमणको जोखिमविरुद्धका सबैखाले अभियानमा सहकार्य गर्न तयार रहेको बताए।

बजारमा खाद्य सामग्री र औषधिको अभाव हुन नदिन साथै आपूर्ति प्रणाली सहज बनाउनेतर्फ संघले सबैसँग सहकार्य गरेको पोखरेलले बताए।

सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त बरालले कोरनाविरुद्धको सचेतना अभियानलाई बढावा दिँदै पूर्वतयारीका कामहरू भइरहेको जानकारी दिए।

उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका प्रमुख गोकुल शर्माले व्यवसायीलाई संकटको बेला आफू स्वयं उपभोक्ता भएर हेर्न आग्रह गरे। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्