शेखर कोइरालाले भने- ‘आउँदो महाधिबेशनमा कोइराला परिवारबाट एक जना सभापति’
लहान। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गलत प्रवृत्तिबाट हिँडिरहेको कांग्रेसलाई रोक्न पार्टीको नेतृत्व युवा पुस्तामा आउनुपर्ने उनको भनाइ छ।

लहानमा २५ फागुनमा पत्रकारसँग बोल्दै कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा पार्टीले केही गर्न नसकेकाले नयाँ पुस्ताको नेतृत्व आवश्यक बताएका छन्।

“कोइराला परिवार एक ढिक्का छ, आउँदो महाधिवेशनमा कोइराला परिवारबाट कोही एक जना सभापतिको उम्मेदवार बन्ने छ”, उनले भने।

शशांक, सुजाता वा आफूमध्ये एक जना सभापतिमा उम्मेदवार बन्ने उनले खुलासा गरे।

कोइरालाले भने, “कसले उम्मेदवारी दिने भन्ने हामी सल्लाह गरी निर्णय गर्छाैं, तीनमध्ये जो बढी ‘पपुलर’ हुन्छ उही उम्मेदवार बन्छ।”

सोही कार्यक्रममा नेत्री सुजाता कोइरालाले आन्तरिक विवाद समाधान गरी पार्टी एक ढिक्का भएर अघि नबढे अबको निर्वाचनमा पार्टीलाई ठूलो नोक्सानी हुने बताइन्। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्