नेपाल-भारत सीमा कुमरखोदमा हेल्थ डेस्क राखियो

झापा। दक्षिणी झापाको नेपाल-भारत सीमा कुमरखोदमा स्वास्थ्य सहायताकक्ष (हेल्थ डेक्स) स्थापना गरिएको छ।

कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिमप्रति सतर्कता अपनाउँदै हेल्थ डेस्क राखिएको झापा गाउँपालिकाकी उपाध्यक्ष कुन्तीदेवी बुढाथोकीले बताइन्।

हेल्थ डेस्कमा अहिले दुईजना स्वास्थ्यकर्मी राखिएको छ।

कोरोना भाइरसको जोखिम र यसबाट जोगिन नेपाल-भारत दुवैतर्फका स्वास्थ्यकर्मीले संयुक्त रूपमा सचेतना कार्यक्रम गरिरहेका छन्।

स्वास्थ्य परीक्षणको क्रममा कोही शंकास्पद देखिएमा तत्काल अस्पताल पठाउने गरी पूर्वतयारी गरिएको छ। रासस

प्रतिक्रिया दिनुहोस्