काठमाडौं। फागु पूर्णिमा (होली पर्व) हर्षोल्लासका साथ मनाइँदैछ। रंङहरूको पर्व होलीको छुट्टै सांस्कृतिक महत्व छ। जहाँ रङको प्रयोग अनिवार्य हुन्छ। तर रङहरुमा मिसाइने हानिकारक रसायनहरू मानव स्वास्थ्यका लागि घातक हुन सक्छन्। खासगरी रङमा प्रयोग गरिने रसायनका कारण छालासम्बन्धी रोगको सम्भावना हुने चिकित्सकहरू बताउँछन्।
होलीमा छालासम्बन्धी विभिन्न समस्या देखा पर्ने हुँदा पर्याप्त सचेतना अपनाउनुपर्ने चिकित्सकहरूको सुझाव छ। छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा. अभिषेक अर्जेल रङ बनाउन प्रयोग हुने रसायनका कारण एलर्जी तथा छालासम्बन्धी समस्या हुनसक्ने बताउँछन्।
हानिकारक रसायनका कारण छालालाई असर गर्ने र आँखामा पर्दा दृष्टिमा पनि समस्या हुन सक्ने डा.अर्जेलको भनाइ छ । हानिकारक रसायनहरू मिसावट नभएका रङ प्रयोग गर्दा छालासम्बन्धी रोगबाट बच्न सकिने उनले बताए।
“रङको प्रयोगले आफुलाई कस्तो खालको असर हुनसक्छ भन्ने जानकारी प्राय: हुन्छ नै। त्यसकारण जथाभावी रङ दलेर होली खेल्नुभन्दा निधारमा मात्र लगाएर एक आपसमा रमाइलो गर्नु उपयुक्त हुन्छ”, डा. अर्जेलले भने।
छाला तथा यौन रोग विशेषज्ञ डा. आर.के झा होली खेल्नुभन्दा अघि शरीरमा नरिवलको तेल, मोस्चराइजर क्रिम लगाउनुपर्ने सुझाव दिन्छन्। त्यसो त डा. झा यसपाली होली नै नखेल्न पनि सुझाउँछन्।
रङमा प्रयोग हुने रसायनले छालालाई सुख्खा पार्ने र यसले गर्दा सामान्य एलर्जीदेखि गम्भीर प्रकृतिका छालाजन्य रोगको जोखिम हुन्छ।
कोरोना भइरस संक्रमणको जोखिम होली खेल्दा झनै धेरै हुने भन्दै सजगता अपनाउनुपर्ने उनको भनाई छ। खेल्नै पर्ने भए सुरक्षित तरिकाले हानिकारक रसायन नमिसाइएका रङ प्रयोग गर्न डा. झाले सुझाव दिएका छन्।
हानिकारक रङका कारण छालामा एलर्जीसँगै आँखामा पर्यो भने दृष्टिनै गुम्न सक्ने खतरा रहने उनको भनाइ छ। आँखा जोगाउन अनिवार्यरूपमा चस्मा लगाउनुपर्ने सुझाव पनि डा. झाले दिए।
रङमा प्रयोग हुने रसायनले छालालाई सुख्खा पार्ने र यसले गर्दा सामान्य एलर्जीदेखि गम्भीर प्रकृतिका छालाजन्य रोगको जोखिम हुने डा. झाले बताए।
डा. झा भन्छन्, “खराब रङ पर्यो भने कपाल झर्ने, फुल्ने, टाउको चिलाउने, दुख्ने, चाया आउने लगायतका समस्या पनि हुन सक्छ।” रङहरूमा पाइने रसायनमा क्यान्सर रोग बनाउने तत्व पनि मिसिएको हुने भएकाले यसतर्फ गम्भीर हुनुपर्ने उनले बताए।
होली खेल्दैगर्दा केहीगरी मुखभित्र रङ पस्यो भने अन्य समस्या हुन सक्ने डा. झाले जानकारी दिए। “मुखभित्र रङ पस्दा घाउ हुने, जिब्रो पाक्ने, घाँटी दुख्ने जस्ता समस्या हुन सक्छ”, डा. झाले भने।
झाका अनुसार घुलनशील रङ त स्वास्थ्यका लागि झनै खतरनाक हुन्छ। त्यस्ता रङहरूको प्रयोग वर्जित गरिनुपर्ने उनको भनाई छ।