काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले तेस्रो मुलुकबाट सामान आयात बन्द नभएको बताएका छन्।
कोरोना भाइरस (कोभिड-१९) का कारण चीन, भारत तथा तेस्रो मुलुकबाट आयात निर्यात ठप्प भएको समाचार सार्वजनिक भइरहेका बेला मन्त्री भट्टले यसको खण्डन गरेका हुन्।
काठमाडौंमा आज आयोजित एक कार्यक्रममा मन्त्री भट्टले चीन, भारत तथा तेस्रो मुलुकबाट केही आउँदैन भन्ने मनोविज्ञान हटाउन आवश्यक रहेको बताए।
“चीन, भारत, तेस्रो मुलुकबाट केही आउँदैन भन्ने मनोविज्ञान तोड्नु आवश्यक छ। सामान आइरहेको छ तर, केही सतर्कता अपनाइएको छ”, मन्त्री भट्टले भने।
केहीदिन नाकामा सामान राख्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ। मान्छेबाट मात्रै नभएर वस्तुबाट समेत कोरोना सर्ने सम्भावना रहेकाले नाकामा केही दिन सामान राख्नुपर्ने अवस्था रहेको मन्त्री भट्टले बताए।
मन्त्री भट्टले तत्काल श्वेतपत्र जारी गर्नुपर्ने आवश्यकता नरहेको समेत बताए। संकटकाल नै घोषणा गर्नुपर्ने अवस्था भएपछि मात्रै श्वेतपत्र जारी हुने उनको भनाइ छ।
“अहिले श्वेतपत्र आवश्यक छैन। त्यस्तो संकटकाल नै घोषणा गर्नुप¥यो भने त्यतिबेला श्वेतपत्र जारी हुन्छ”, उनले भने।
कुनै ठाउँमा केही समस्या देखिएमा तत्काल जानकारी दिन मन्त्री भट्टले आग्रह गरे।
मन्त्री भट्टले उपभोग्य सामानहरू माग बढ्दा केही मूल्य बढ्नु स्वभाविक भएपनि कालोबजारी हुन नदिने प्रतिबद्धता समेत जनाए। बजारमा माग अनुसार उत्पादन हुने सामानहरू एक्कासी माग बढ्दा केही मूल्य बढ्नु स्वभाविक रहेको उनको भनाइ छ।
" /> काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले तेस्रो मुलुकबाट सामान आयात बन्द नभएको बताएका छन्।कोरोना भाइरस (कोभिड-१९) का कारण चीन, भारत तथा तेस्रो मुलुकबाट आयात निर्यात ठप्प भएको समाचार सार्वजनिक भइरहेका बेला मन्त्री भट्टले यसको खण्डन गरेका हुन्।

">