चिनियाँ समकक्षीलाई फोन गरेर परराष्ट्रमन्त्री ज्ञवालीले भने- ‘कोरोना विरुद्धको लडाइँमा साथ छौं’ <p>काठमाडौं।&nbsp;परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज दिउँसो चिनियाँ समकक्षी वाङ यीलाई टेलिफोन गरी कोरोना भाइरस संक्रमणविरुद्धको लडाइँमा ऐक्यबद्धता जनाएका छन्।</p> <p>परराष्ट्र मन्त्रालयले ट्वीट गर्दै दुई मन्त्रीबीच कुराकानी भएको जनाएको छ। फोनवार्तामा मन्त्रीद्वयले नेपाल- चीन द्विपक्षीय &nbsp;सम्बन्धका विषयमा पनि छलफल गरेका थिए।&nbsp;</p> <p>परराष्ट्र मन्त्रायलले ट्वीटमा चीनका परराष्ट्रमन्त्री यीले उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको पनि उल्लेख गरेको छ।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्