काठमाडौं। मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओली र मिर्गौलादाता समीक्षा संग्रौलालाई एकैदिन डिस्चार्ज गरिने भएको छ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्राध्यापक डा. प्रेमकृष्ण खड्गाले दुवै जनालाई एकैदिन डिस्चार्ज गरिने बताए। तर, उनले कहिले डिस्चार्ज गर्ने भन्ने टुंगो नलागेको बताए।
आजै दिउँसो देखापढीसँगको कुराकानीमा मिर्गौला प्रत्यारोपण टोलीको नेतृत्व गरेका त्रिवि शिक्षण अस्पतालका वरिष्ठ यूरोलोजिष्ट प्राध्यापक डा. प्रेमराज ज्ञवालीले भने प्रधानमन्त्री ओलीलाई चाँडै डिस्चार्ज गरिने बताएका थिए। उनले पर्सि, २८ फागुनसम्म प्रधानमन्त्रीलाई डिस्चार्ज गर्ने तयारी भएको बताएका थिए।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले कहिले डिस्चार्ज गर्ने भन्ने अस्पतालले निर्क्योल गर्ने बताए। “अस्पताल र चिकित्सकले डिस्चार्ज गर्न योग्य भनेर निर्क्योल गरिसकेपछि यहाँ घण्टा पनि बढी राख्ने भन्ने हुँदैन”, उनले भने, “त्यसकारण आधिकारितामै जोड दिन म साथीहरूलाई आग्रह गर्दछु।”
अस्पतालका कार्यकारी निर्देशक खड्काले प्रधानमन्त्रीको स्वास्थ्यमा सन्तोषजन सुधार भइरहेको बताए। उनका अनुसार प्रधानमन्त्रीको नियमित खानपान, हिँडडुल र व्यायामलाई निरन्तरता दिइएको छ।
प्रधानमन्त्री ओलीको २१ फागुनमा मिर्गौला प्रत्यारोपण गरिएको थियो।
" /> काठमाडौं। मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओली र मिर्गौलादाता समीक्षा संग्रौलालाई एकैदिन डिस्चार्ज गरिने भएको छ।त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्राध्यापक डा. प्रेमकृष्ण खड्गाले दुवै जनालाई एकैदिन डिस्चार्ज गरिने बताए। तर, उनले कहिले डिस्चार्ज गर्ने भन्ने टुंगो नलागेको बताए।

">