कोरोना भाइरस : नेपालमा परीक्षण गरिएका ४४१ जना कसैमा संक्रमण देखिएन

काठमाडौं। कोरोना भाइरस संक्रमणको आशंकामा नेपालमा हालसम्म ४४१ जनाको नमुना परीक्षण गरिएको छ।

परीक्षण गरिएका सबैमा कोरोना भाइरस नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

माघ पहिलो साता चीनको वुहानबाट आएका एकजना नेपालीमा हङकङमा गरिएको नमुना परीक्षणबाट कोरोना संक्रमणको पुष्टि भएको थियो।

पछिल्लो पटकको नमूना परीक्षणमा ती व्यक्तिको पनि रिपोर्ट नेगेटिभ मन्त्रालयले बताइसकेको छ।

त्यसको लगत्तै टेकुस्थित राष्‍ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाटै कोभिड-१९ को परीक्षण शुरू गरिएको हो।

स्वास्थ्य मन्त्रालयद्वारा जारी पछिल्लो विज्ञप्तिमा कोरोनाको संक्रमित जोखिमलाई ध्यान दिएर जनशक्ति र उपकरणको व्यवस्थापन गरिएको उल्लेख छ।

औषधिको अभाव हुन नदिन बजार अनुगमन बढाइएको भन्दै देशभित्रको औषधि उत्पादन क्षमतालाई बढाउन पहल भइरहेको प्रवक्ता डा. विकास देवकोटाद्वारा हस्ताक्षारित विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्