शेयर बजारमा पहिराे- दोस्रो पटक नेगेटिभ सर्किट, ७२ अंकले घट्याे नेप्से

काठमाडौं। सेयर बजारमा आज नेप्से ७२ अङ्कले घटिसकेको छ। १४३५ अंकमा खुलेको शेयर बजार आज निरन्तर ओरालो लागेको छ।

विश्व बजारमै स्टक मार्केटमा पहिरो गइरहेको बेला नेपालको धितो पत्र बजारले पनि विश्व बजारकै ट्रेण्ड समातेको छ।

आजको कारोबार खुलेसँगै शुरूमा एक अङ्कले नप्से बढेको भए पनि अहिले ५ प्रतिशतले घटेर १३६३ अंकमा आएको छ।

कोरोना संक्रमणको त्रासमा रहेका लगानीकर्ता विश्व बजारमा संकुचन आउने डरले लगानी गर्न डराइरहेका छन्।

दिउँसो १२ः५० बजेसम्ममा ९ करोड १८ लाख ९७ हजार १ सय ४१ रुपैयाँको कारोबार भएको छ।

नेप्से निरन्तर ओरालो लागेपछि केही समयको लागि कारोबार स्थगित गरिएको छ। नेप्सेमा सबै उपसूचकहरू रातो भएका छन्। बैंकिङ समूहको सूचक ७० अंकभन्दा बढीले घटिसकेको छ।

दाेस्राे नेगेटिभ सर्किट लागेर बन्द भएकाे बजार २ बजेर ११ मिनेटमा फेरि खुल्ने छ।

प्रतिक्रिया दिनुहोस्