स्वास्थ्यमन्त्रीले भने- 'कोरोनाको शंका लागेमा सेल्फ क्वारेन्टाइनमा बस्नू, उपचारको जिम्मा सरकारले लिन्छ’

काठमाडौं। स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना भाइरस संक्रमणको शंका लागेमा सेल्फ (आफै) क्वारेन्टाइनमा बस्न अनुरोध गरेका छन्।

विश्वव्यापी फैलिँदै गएको कोरोना भाइरसको सम्भावित संक्रमणको नियन्त्रण र पूर्वतयारीबारे राष्ट्रिय युवा संघको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री ढकालले भन, “ज्वरो आउने र रुघाखोकी देखिएमा अस्पतालमा परीक्षण गराउने व्यवस्था गर्छैँ। कुनै व्यक्तिमा संक्रमण देखिए त्यसको जिम्मा सरकारले लिन्छ।”

चीनबाट विद्यार्थी ल्याएर क्वारेन्टाइनमा राखे जसरी नराख्ने बताउँदै ढकालले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार आफैँ क्वारेन्टाइनमा बस्न आग्रह गरे।

‘‘क्वारेन्टाइन भन्ने वित्तिकै मान्छेहरूले हिजो चीनबाट विद्यार्थी ल्याएर सरकारले गर्ने, सरकारकै व्यवस्थापनमा गर्ने भन्ने कुरा नगरौँ। दिनैपिच्छे ज्वरु आको छ छैन भन्ने नाप्न सकिहालिन्छ। कति दूरी मेन्टेन गर्ने, के खाने, के गर्ने, के नगर्ने भन्ने प्रोटोकल हामीले तयार गरेका छौँ।”

ठूलो समूहमा क्वारेन्टाइनमा राख्नुपर्ने अवस्थामा खरीपाटी क्वारेन्टाइनमा राखिने मन्त्री ढकालको भनाइ छ।

युवा संघले सामाजिक सञ्जाल र विभिन्न आम सञ्चार माध्यमबाट अड्कलबाजीमा सूचना सम्प्रेषण भइरहेको सन्दर्भमा आधिकारि सूचना जारी गर्ने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

प्रतिक्रिया दिनुहोस्