शेयर बजार ६ प्रतिशतले घटेपछि दुई घन्टा अगाडि नै बन्द भयाे काराेबार

काठमाडौं। चार दिन लामो विदापछि आज खुलेको शेयर बजारमा पहिरो गएको छ।

आजको कारोबारमा तीन पटक सर्किट ब्रेकर लागेर ८६ अंकले नेप्से घटेपछि आजको लागि कारोबार बन्द भएको छ। आज १४३५ अंकमा खुलेको बजार ६ प्रतिशतले घटेपछि १ बजेर १३ मिनेटमै आजको लागि कारोबार बन्द गरिएको हो

बजार बन्द हुनुअघि तीन पटक सर्किट ब्रेकर लागेको थियो। त्यसबेला केही बेरको लागि कारोबार रोकिएको थियो।

आज नेप्से १३४९ मा झरेको छ। आज एक अर्ब सात करोड ६६ लाख ९६ हजार ३०० सय रूपैयाँको कारोबारबाट २७ लाख ३५ हजार ४१८ कित्ता शेयर कारोबार भएको छ।

विश्व बजारमै स्टक मार्केटमा पहिरो गइरहेको बेला नेपालको धितो पत्र बजारले पनि विश्व बजारकै ट्रेण्ड समातेको छ।

कोरोना संक्रमणको त्रासमा रहेका लगानीकर्ता विश्व बजारमा संकुचन आउने डरले लगानी गर्न डराइरहेका छन्।

आजको बजारमा बैंकिङ समूहको सूचक ८३.३७ अंकले घटेको छ।