कोरोना भाइरस संक्रमणको दर उच्च भएपछि युरोपियन मुलुक इटली ठप्प छ। त्यहाँका करीब ६ करोड मानिस घरभित्रै बस्न (सेल्फ क्वारेन्टाइन) बाध्य छन्। चाहेर पनि बाहिर निस्कने अवस्था छैन।

इटलीमा कोरोना भाइरसको संक्रमण फैलिएर हालसम्म नौ हजार जनालाई प्रभावित बनाइसकेको छ। ४६३ जनाले त ज्यानै गुमाइसकेका छन्।

इटलीमा करीब एक हजारको हाराहारीमा नेपालीहरू पनि रहेका छन्। उनीहरू मध्ये कसैलाई कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि अहिलेसम्म भइसकेको त छैन। तर, संक्रमणको डरले त्यहाँ रहेका नेपालीहरू निकै नै अत्तालिएका भने छन्।

कोरोना भाइरस संक्रमणको जोखिमले पैदा गरेको अत्यास त छँदै थियो। सुरक्षा, उपचार र उद्धारबारे जानकारी नै नपाउँदा त्यहाँ रहेका नेपालीहरूमा चिन्ता पनि थपिएको छ।

अध्ययन, व्यापार-व्यवसाय र रोजगारीका सिलसिलामा नेपालीहरू इटली पुगेका छन्। करीब २ सातामै देशै ठप्प पारिदिएको कोरोना भाइरसको भयले अत्तालिएका नेपालीहरू फर्कन चाहेका त छन्। तर फर्कने उनीहरूको वसमा मात्र छैन। किनभने सिंगो इटलीलाई नै रेड जोन घोषणा गरेर मानिसहरूलाई घरबाहिर निस्कन प्रतिबन्ध लगाइएको छ।

कामको सिलसिलामा इटली पुगेका व्यवसायी बाबु श्रेष्ठ पनि उतै फसेका छन्। उनले नेपाल फर्कन चाहेर पनि पाएका छैनन्। देखापढीको सम्पर्कमा आएका श्रेष्ठले आफू के गर्ने, कसो गर्ने भनेर अत्तालिएको बताए।

इटलीमा रहेका नेपालीहरूको अवस्थाबारे जानकारी दिँदै श्रेष्ठले भने, “अस्तिसम्म त खासै त्यस्तो केही लागेको थिएन। हिजोदेखि भने आत्तिएका छौं।”  श्रेष्ठ इटलीकाे भारजे भन्ने ठाउँमा छन्।

“सरकारले रेड जोन तोकेको छ। कतै जान पाइँदैन। रेड जोनवाट भाग्यो भने ३ महिना जेल हाल्ने भनेको छ। इमरजेन्सीमा सरकारको स्वीकृती मात्र लिएर यताउता जान पाइन्छ। नभए घरबाहिर निस्कने अवस्था छैन”

सामाजिक सञ्जाल फेसबुकमा समेत उनले त्यहाँको अवस्थाबारे यसरी उल्लेख गरेका छन्, “म बसेको नजिकैको एक हस्पिटलका २ स्वास्थ्यकर्मीलाई पनि संक्रमण भैसकेको छ। नेपालीहरूलाई संक्रमण भए/नभएको कुराको जानकारी कसरी पाउने, कुनै निकाय छ ? छ भने कहाँ र कसरी गर्ने ? यो समयमा नेपाल फिर्ता जान चाहनेहरू पनि हुनुहुन्छ होला। जान चाहनेहरू कसरी जाने र कसले लाने म अनभिज्ञ छु।”

इटलीमा नेपाली दूतावास छैन। स्वीटजरल्याण्डस्थित नेपाली दूतावासले इटलीसमेत हेर्दै आएको छ।

श्रेष्ठका अनुसार अहिले त्यहाँ अत्यावश्यक काम भएमा बाहेक घरबाहिर निस्कन पाइँदैन। मास्कको पनि अभाव भएको छ। कहिँकतै पाइहाले पनि एउटा मास्कको २० युरो तिर्नुपर्ने बाध्यता छ।

“सरकारले रेड जोन तोकेको छ। कतै जान पाइँदैन। रेड जोनवाट भाग्यो भने ३ महिना जेल हाल्ने भनेको छ। इमरजेन्सीमा सरकारको स्वीकृती मात्र लिएर यताउता जान पाइन्छ। नभए घरबाहिर निस्कने अवस्था छैन”, श्रेष्ठले इटलीको अवस्था बताए।

त्यहाँको सरकारले अत्यावश्यक पर्दा ११२ वा १५०० नम्बरमा फोन गरेर घरमै डाक्टर बोलाउने व्यवस्था भने गरिदिएको उनले जानकारी दिए।

" /> कोरोना भाइरस संक्रमणको दर उच्च भएपछि युरोपियन मुलुक इटली ठप्प छ। त्यहाँका करीब ६ करोड मानिस घरभित्रै बस्न (सेल्फ क्वारेन्टाइन) बाध्य छन्। चाहेर पनि बाहिर निस्कने अवस्था छैन।

"> इटलीमा रहेका नेपाली भन्छन्- 'रेड जोन घोषणा भएपछि आत्तिएका छौं': Dekhapadhi
इटलीमा रहेका नेपाली भन्छन्- 'रेड जोन घोषणा भएपछि आत्तिएका छौं'

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्