आयरल्याण्डविरुद्ध नेपालले पायो १४६ रनको लक्ष्य
काठमाडौं। ओमनमा जारी टी–२० अन्तर्राष्ट्रिय शृंखला अन्तर्गत् आजको खेलमा नेपालले आयरल्याण्डबाट १४६ रनको लक्ष्य पाएको छ।

शृंखलामा नेपालको यो तेस्रो खेल हो।

टस जितेर ब्याटिङ रोजेको आयरल्याण्डले २० ओभरको समाप्तिमा ८ विकेट गुमाएर १४५ रन जोड्यो । आयरल्याण्डका पाउल स्टर्लिङले सर्वाधिक ५९ रन बनाए।

आयरल्याण्डको इनिङ्सको दोस्रो ओभरमै स्कोरबोर्डमा ७ रन मात्र जोडिएको अबस्थामा सन्दीप लामिछानेले केभिन ओब्राइनलाई आउट गरे पनि त्यसपछि आयरल्याण्ड सम्हालिएर खेल्दै विशाल योगफलतर्फ अग्रसर भएको  थियो।

तर, १२ औं ओभरमा ललितनारायण राजवंशीले २८ बलमा आक्रामक ३८ रन बनाएका एन्डी बल्बिर्नाइलाई आउट गरेपछि नेपाल खेलमा फर्कियो। नेपालले लगत्तै दुइवटा रनआउटको अवसर गुम्न दिएन।

बलिङ परिवर्तनपछि आएका अविनाश बोहरा पनि प्रभावी बने । लगत्तै करन केसीले ४७ बलमा ५९ रन बनाएका पाउल स्टर्लिङको विकेट लिएपछि नेपाल खेलमा हावी भयो।

विशाल योगफलतर्फ अग्रसर भएको आयरल्याण्डलाई मध्यम स्कोरमा समेट्न सन्दीप लामिछाने र अविनाश बोहराले दुइ/दुइ विकेट लिए भने करन र ललितको नाममा एक/एक विकेट रह्यो।

टेस्ट मान्यताप्राप्त राष्ट्र आयरल्याण्डविरुद्ध अब नेपाली ब्याट्सम्यानको खास परीक्षा हुनेछ।

शृंखलामा नेपालले यसअघिका दुवै खेल जितेको छ । नेपालले पहिलो खेलमा हङकङ र दोस्रो खेलमा नेदरल्याण्ड्समाथि जित हात पारेको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्