फ्रान्सका संस्कृतिमन्त्रीलाई पनि काेराेना भाइरसकाे संक्रमण
काठमाडौं। फ्रान्सका संस्कृतिमन्त्री फ्राङ्क रेइस्टरलाई पनि नोबेल कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ। त्यहाँका स्वास्थ्यमन्त्रीले संस्कृतिमन्त्रीले निवासमै आराम गरिरहेको स्थानीय टेलिभिजनलाई बताएका छन्।

२६ फागुनमा स्थानीय मिडियाले फ्रान्सका पाँच जना सांसद कोरोना भाइरसबाट संक्रमित भएको रिपोर्ट गरेका थिए। साथै संसदको क्यान्टिनमा काम गर्ने कर्मचारीलाई पनि संक्रमण देखिएको थियो। जहाँबाट सम्भवत सबै सांसदले खाना÷खाजा लिएका हुनसक्छन्।

संस्कृतिमन्त्री रेइस्टरलाई ती संक्रमित भएका पाँच जना सांसदमध्येबाट सरको आशंका गरिएको छ। किनकी संक्रमणको पुष्टि हुनुअघि उनले संसदको भ्रमण गरेका थिए र त्यहाँका केही सांसदसँग छलफल गरेका थिए।

पछिल्लो दुई सातादेखि मन्त्रिपरिषद् बैठकमा कसैले पनि एकअर्कासँग हात नमिलाएको त्यहाँका स्वास्थ्यमन्त्रीले बताएका छन्।

फ्रान्समा एक हजार ४१२ जना संक्रमित भएकामध्ये २६ फागुन दिउँसोसम्म २५ जनाको मृत्यु भइसकेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्