काठमाडौं। गैर नाफामूलक सामाजिक संस्था नेपाल रेडक्रस सोसाइटीको नाममा दर्ता भएका दर्जनौं सवारीसाधन नवीकरण भएकाे छैन।
नवीकरण नै नगरि गैरकानूनी रुपमा सवारीसाधनहरु सञ्चालन गरेको पाइएपछि यातायात व्यवस्था कार्यालय ललितपुरले कारवाहीको सिफारिशसहित महानगरीय ट्राफिक प्रहरी महाशाखामा पत्राचार गरेको छ।
नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालय र उपत्यकाका विभिन्न शाखाको नाममा दर्ता भएको २३ वटा जिप, पिकअप, माइक्रो बस र कार १० वर्षदेखि नवीकरण नगरि करसमेत नतिरेकोले कारवाही गर्न माग गर्दै यातायात कार्यालयमा उजुरी परेको थियो।
रेडक्रस केन्द्रीय कार्यालयको साथै ७७ वटा जिल्ला शाखा, उपशाखा, ७ प्रदेश शाखाका एम्बुलेन्स, मोटरसाइकल लगायत दर्जनौं सवारी साधनहरुको दर्ता नवीकरण नगरिएको उजुरीमा उल्लेख छ।
नवीकरणको प्रक्रियामा रहेको पत्र देखाएर रेडक्रसका सवारी चालकहरुले सवारीसाधन चलाइरहेका छन्।
यातायात कार्यालयले रेडक्रस सोसाइटी र ट्राफिक प्रहरी महाशाखालाई १६ असोजमा गरेको पत्राचारमा कुनै सवारीसाधन नवीकरण प्रक्रियामा नरहेको जनाएको छ।
ट्राफिक प्रहरी महाशाखा, काठमाडौंका सह–प्रवक्ता डीएसपी पदमबहादुर विष्टले नवीकरण नगरिएका ती सवारी साधनलाई सवारी तथा यातायात व्यवस्था ऐन २०७५ बमोजिम यातायात कार्यालयमा कारवाहीकाे लागि पठाइने बताएका छन्।
''हामीलाई पत्र आइसकेको छ, नवीकरणको प्रक्रियामा छ भन्ने झुट्टा कागज बोकेर सडकमा गाडि कुदाउन पाइदैन,'' डीएसपी विष्टले देखापढीसँग भने।
" /> काठमाडौं। गैर नाफामूलक सामाजिक संस्था नेपाल रेडक्रस सोसाइटीको नाममा दर्ता भएका दर्जनौं सवारीसाधन नवीकरण भएकाे छैन।नवीकरण नै नगरि गैरकानूनी रुपमा सवारीसाधनहरु सञ्चालन गरेको पाइएपछि यातायात व्यवस्था कार्यालय ललितपुरले कारवाहीको सिफारिशसहित महानगरीय ट्राफिक प्रहरी महाशाखामा पत्राचार गरेको छ।

">