काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला प्रत्यारोपण गर्नका लागि ५-६ जना आफन्तको मिर्गौला परीक्षण गरिएको चिकित्सकहरूले बताएका छन्।
एक महीनाअघि नै प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्ने निर्णय भएर तयारी थालिएको समेत उनीहरूले बताएका छन्।
प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन आज अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीकी निजी चिकित्सक प्रा.डा. दिव्या सिंह शाहले ५-६ जना आफन्तमा परीक्षण गरिएकोमा समीक्षा संग्रौलाको मात्र ‘म्याच’ भएको बताइन्।
“५-६ जना आफन्तको मिर्गौलाको परीक्षण गरिएकोमा समीक्षा संग्रौला जीको म्याच भयो”, उनले भनिन्, “सामान्य मानिसको मिर्गौला प्रत्यारोपण जसरी हुन्छ, त्यसरी नै सबै कानूनी प्रक्रिया पूरा गरेरै प्रधानमन्त्री ज्यूको मिर्गौला प्रत्यारोपण गरिएको हो।”
प्रा.डा. शाहले प्रधानमन्त्री पूर्ण रूपमा सक्रिय हुन कम्तीमा ६ महीना लाग्ने पनि बताइन्।
प्रधानमन्त्रीले आफ्नो मुलुकमा मिर्गौला प्रत्यारोपण गर्दा आफूहरुको हौसला बढेको प्रत्यारोपणमा संलग्न चिकित्सकहरूले बताए।