काठमाडौं। विश्वव्यापी रूपमा फैलिइरहेको नोबेल कोरोना भाइरस (कोभिड-१९)को परीक्षण विस्तारमा सहभागिता जनाउन सरकारले निजी क्षेत्रलाई आग्रह गरेको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रगोशालाले कोरोना भाइरस परीक्षण विस्तारका लागि निजी क्षेत्रको सहभागिताका लागि आह्वान गरेको हो।
प्रयोगशालाले आज विज्ञप्ति जारी गर्दै प्रयोगशालामा दर्ता भएका ए र बी समूहका प्रयोगशालालाई कोरोना भाइरस परीक्षणमा जोडिनको लागि कार्यालयमा सम्पर्क गर्न आह्वान गरेको हो।
ठूलो संख्यामा परीक्षण गर्नुपर्ने अवस्था आएमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले धान्न नसक्ने भएकाले विकल्पको रूपमा परीक्षणका लागि सघाउन निजी क्षेत्रलाई आग्रह गरिएको प्रयोगशालाका प्रवक्ता राजेशकुमार गुप्ताले बताए।
उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको परीक्षण क्षमता दैनिक १०० र बढीमा हप्तामा ५०० मात्रै छ।
यतिले नपुगेको खण्डमा निजीको आवश्यकता पर्ने भएकाले सहभागिताका लागि आह्वान गरिएको गुप्ताले बताए। रियल टाइम पीसीआरबाट मोलिक्युलर (कोरोना परीक्षण गर्ने प्रविधि) परीक्षण गर्न सक्ने क्षमता भएको प्रयोगशालाहरूको आवश्यक पर्नेछ।
प्रयोगशालाबाट ए र बी डिभिजनमा अनुमति लिएका प्रयोगशालाहरू यस परीक्षणमा जोडिन सक्ने गुप्ताले बताए।
“उनीहरूले पहिले आफ्नो क्षमता अनुसारको प्रविधि, जनशक्ति र काम गर्ने तौरतरिका प्रस्तुत गर्नुपर्छ”, उनी भन्छन्, “मापदण्ड पूरा गरेका निजी प्रयोगशालाहरूलाई हामी तालिम दिन्छौँ।”
" /> काठमाडौं। विश्वव्यापी रूपमा फैलिइरहेको नोबेल कोरोना भाइरस (कोभिड-१९)को परीक्षण विस्तारमा सहभागिता जनाउन सरकारले निजी क्षेत्रलाई आग्रह गरेको छ।राष्ट्रिय जनस्वास्थ्य प्रगोशालाले कोरोना भाइरस परीक्षण विस्तारका लागि निजी क्षेत्रको सहभागिताका लागि आह्वान गरेको हो।

">