काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्णरूपमा सक्रिय भएर काम गर्न सक्ने हुन कम्तीमा ६ महीना लाग्ने उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आज आयोजित पत्रकारसँगको अन्तरक्रियामा चिकित्सकहरूले प्रधानमन्त्रीको स्वास्थ्यबारे अपडेट दिँदै यस्तो जानकारी गराएका हुन्।

प्रधानमन्त्री ओलीको २१ फागुनमा त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गरिएको यो दोस्रोपटक हो।

प्रधानमन्त्री ओलीका निजी चिकित्सक प्रा.डा. दिव्या सिंह शाहले भनिन्, “उहाँ एकदमै क्रियाशील भएर काम गर्न ६ महीनादेखि वर्ष दिनसम्म लाग्छ, त्यसपछि उहाँले सक्रिय भएर गर्न सक्नुहुन्छ।”

उनले अस्पतालबाट डिस्चार्ज भइसकेपछि प्रधानमन्त्रीले शुरूमा आफैं पनि सावधानी अपनाउनुपर्ने, शुरूको एक महीना विशेष ध्यान दिनुपर्ने बताइन्। “उहाँको औषधिको डोज बढी भएकाले अलिकति संक्रमणको सम्भावना रहन्छ, तर उहाँले पहिलेदेखि नै प्रत्यारोपण गरेको र परिवारलाई पनि सबै थाहा भएकाले केही सहज हुन्छ”, उनले भनिन्।

प्रधानमन्त्रीले भीडभाडमा जान नमिल्ने तर, दैनिक कार्य सचिवालयबाट गर्न सक्ने उल्लेख गर्दै उनले भनिन्, “रुघाखोकी लागेका र संक्रमण भएका मानिसहरूबाट भने उहाँ जोगिनैपर्छ।”

चिकित्सकहरूले प्रधानमन्त्री ओलीलाई अस्पतालबाट डिस्चार्ज गर्न समेत थप केही दिन लाग्न सक्ने बताएका छन्।

डा. शाहले भनिन्, “उहाँको स्वास्थ्यमा अपेक्षाकृत सुधार भइरहेको भए पनि जबसम्म हामी कम्फर्टेबल र कन्फिडेन्ट हुँदैनौं, तबसम्म उहाँलाई डिस्चार्ज गर्दैनौं।”

उनले डिस्चार्ज गर्न सकिने गरी स्वास्थ्यमा सुधार भइरहे पनि मिर्गौला प्रत्यारोपण गरिएका बिरामीको हरेक दिन अनप्रेडिक्टेबल हुने जोखिम हुने भएकाले सबै कुरा ठीक छ भन्ने लागेपछि मात्र डिस्चार्ज गरिने बताइन् ।

उनले भनिन्, “डिस्चार्ज गर्नुअघि तपाईंहरूलाई खबर गर्छौं ।”

प्रधानमन्त्री ओलीलाई मिर्गौला दिएकी उनकी भाञ्जी समीक्षा संग्रौलालाई पनि केही दिन अस्पतालमै राखिनेछ। “आराम गर्छु भनेकाले उहाँ पनि केही दिन अस्पतालमा नै रहनुहुन्छ”, प्रा. डा. शाहले भनिन्।

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्णरूपमा सक्रिय भएर काम गर्न सक्ने हुन कम्तीमा ६ महीना लाग्ने उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्।

"> ‘प्रधानमन्त्रीलाई काममा सक्रिय हुन कम्तीमा ६ महीना लाग्छ’ (भिडिओसहित): Dekhapadhi
‘प्रधानमन्त्रीलाई काममा सक्रिय हुन कम्तीमा ६ महीना लाग्छ’ (भिडिओसहित)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्