"> सर्वाेच्च अदालतमा सभामुख सापकोटाविरुद्धको रिटको सुनुवाइ हुँदै: Dekhapadhi
सर्वाेच्च अदालतमा सभामुख सापकोटाविरुद्धको रिटको सुनुवाइ हुँदै
काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको रिटमा सर्वोच्च अदालतले यही साता सुनुवाई गर्दैछ । आगामी ३० फागुनमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ गर्ने पेशी तय भएको छ।

सभामुख सापकोटाविरुद्ध द्वन्द्वकालमा काभ्रेका अर्जुनबहादुर लामाको हत्यामा संलग्न भएको आरोप लागेको छ। १६ वैशाख २०६२ मा माओवादी कार्यकर्ताले काभ्रेको छत्रेबाँझ–५ का लामालाई अपहरण गरेकोमा दुई महिनापछि उनको शव भेटिएको थियो।

लामाको हत्यामा सापकोटाकोसमेत संलग्न रहेको भन्दै उनकी पत्नी पूर्णिमायाले जिल्ला प्रहरी कार्यालय काभ्रेमा किटानी जाहेरी दिने प्रयास गरेकी थिइन्।

प्रहरीले जाहेरी नै दर्ता गर्न नमानेपछि पूर्णिमायाले सर्वोच्च अदालतमा रिटमार्फत् चुनौती दिएकी थिइन्। अदालतको आदेशपछि सापकोटाविरुद्धको जाहेरी दर्ता भयो। तर, २०६९ साउनमा बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषद्ले जिल्ला प्रहरी कार्यालयमा दर्ता रहेको जाहेरीलाई तामेलीमा राख्ने निर्णय र्गयो। त्यसविरुद्ध पूर्णिमायाले पुनः सर्वोच्च अदालत गुहारिन्।

सर्वोच्च अदालतले अनुसन्धान नरोक्नू भन्दै अन्तरिम आदेश दियो र अनुसन्धानको प्रगति हरेक १५ दिनमा अदालतलाई जानकारी गराउन पनि भन्यो।

त्यसअघि नै झलनाथ खनाल नेतृत्वको मन्त्रिपरिषद्मा सूचना तथा सञ्चारमन्त्रीको जिम्मेवारी पाएका सापकोटाविरुद्ध मानवअधिकारकर्मीहरूले व्यक्ति हत्या तथा मानवअधिकार उल्लंघनको आरोप लागेका व्यक्तिलाई मन्त्री बनाउन नहुने मागसहित रिट दायर गरेका थिए।

२२ चैत २०७२ मा सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले यी रिटलाई संवैधानिक इजलासले सुनुवाइ गर्नुपर्ने आदेश दिएको थियो। त्यसैबमोजिम अहिले यी दुवै रिटलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले सुनुवाइ गरिरहेको छ।

सञ्चारमन्त्री नै हुँदा सापकोटाले हिमाल मिडियाका प्रकाशक कनकमणि दीक्षितविरुद्ध अदालतको अवहेलना मुद्दा हालेका थिए। यी तीन वटै मुद्दालाई साथै राखेर सर्वोच्च अदालतले सुनुवाइ गरिरहेको छ।

प्रतिनिधिसभाका पूर्वसभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि रिक्त रहेको पदमा नेकपाको स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटा १२ माघमा निर्वाचित भएका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्