कोरोना भाइरस संक्रमित १०० वर्षीय वृद्ध उपचारपछि निको भएर फर्किए

काठमाडौं। अल्जाइमरबाट पीडित एक जना १०० वर्षीय वृद्ध कोरोना भाइरसको संक्रमणपछि निको भएर अस्पतालबाट फर्किएका छन्। आफ्नो १००औं जन्मोत्सव मनाएको केही दिनमा नै वुहानवा ती वद्धमा कोरोना भाइरसको संक्रमण फैलिएको थियो।

स्थानीय स्तरमा अफ्नो पारिवारिक नाम वाङबाट परिचित यी १०० वर्षे चिनियाँ उच्च रक्तचाप, हृदयघात र अल्जाइमरबाटसमेत पीडित थिए।

गएको २४ फेब्रुअरीमा उनलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो । अस्पताल पु¥याउँदा बेहोश अवस्थामा रहेका उनलाई चिकित्सकहरुले लामो प्रयासपछि बचाउन सफल भएका हुन्।

चिनियाँ मिडियाले यसअघि कोरोना भाइरसको संक्रमण फैलिएका र उपचारपछि निको भएका बिरामीको रगत दिएर वाङलाई उपचार गरिएको रिपोर्ट गरेका छन्।

उनी २४ फागुनमा वुहानको मातृ तथा शिशु स्वास्थ्य अस्पतालबाट डिस्चार्ज भएका ८० बिरामीमध्ये एक हुन।

बृद्ध र तुलनात्मक रुपमा कमजोर प्रतिरक्षात्मक शक्ति भएका बिरामीको अवस्थालाई ध्यान दिँदै उपचार गरी निको बनाउन सफल भएको उक्त अस्पतालका चिकित्सकले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्