काठमाडौं। बजारमा कालोबजारी बढ्न थालेको र उपभोक्ताले दैनिक उपभोग्य बस्तुको चर्को मूल्य तिर्नु परेको गुनासो आइरहेको बेला व्यवसायीहरूले बजारमा अत्यावश्यक वस्तुको मौज्दात पर्याप्त रहेको बताएका छन्।
आज नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा व्यवसायीहरू दैनिक उपभोग्य बस्तु लगायतका सामान बजारमा पर्याप्त रहेको बताएका हुन्।
विश्वभर फैलिएको कोराना संक्रमण नेपालमा पनि हुन सक्ने त्रासका कारण उपभोक्ताहरूले दैनिक उपभोग्य बस्तु सञ्चित गर्न थालेका छन्। सोही कारण बजारमा माग बढेको छ। त्यससँगै मूल्यवृद्धि पनि हुन थालेको छ।
सरकारले भने बजारमा पर्याप्त बस्तु भएको र कसैले कालोबजारी गरे कारबाही गर्ने चेतावनी दिदैं आएको छ।
व्यवसायीहरूले बजारमा पर्याप्त मात्रामा मौज्दात रहेकाले ग्राहकहरु डराउनु नपर्ने बताएका हुन्।
कार्यक्रममा बोल्दै चेम्बरका आपूर्ति समितिका सभापती देवेन्द्र भट्टले दैनिक उपभोग्य वस्तुको आपूर्तिमा कुनै समस्या नरहेको बताए। उनले भने, “यसअघि जुन तरिकाले आपूर्ति व्यवस्था चलेको थियो, अहिले पनि सोही शैलीमा आपूर्ति भईरहेको छ।”
अहिले बजारमा भएको मौज्दात खाद्यान्नले कम्तीमा पनि आगामी दुई÷तीन महिनालाई धान्न सक्ने उनको भनाई छ। “नेपालमा रहेका दाल र चामल उद्योगीहरुले पनि प्रशस्त सामान रहेका बताएका छन्। आपूर्तिमा कुनै समस्या छैन्”, उनले भने।
ग्राहकले आवश्यकता भन्दा बढी सामग्री मौज्दात नराख्ने हो भने बजारमा कुनै समस्या नहुने व्यवसायीहरूले बताएका छन्।
त्यसैगरी, तेस्रो मुलुकबाट आयातीत तथा नेपालमै उत्पादित वस्तुहरुको विक्री वितरण गर्ने नेपाल वितरक संघले पनि नेपालको बजारमा कुनै पनि वस्तुको अभाव नरहेको जानकारी दिएको छ।
“बजारमा समस्या नभए पनि कृत्रिम समस्या देखाइयो। चीनमा कोरोना संक्रमण देखिएपछि नेपाली बजारमा अनावश्यक हल्ला गरिएको र कृत्रिम अभाव देखाइएको हो”, नेपाल तेल, दाला र चामल उद्योग संघका अध्यक्ष अजय पराजुलीले भने, “यो अनावश्यक हल्लालाई कम गर्न सके बजार केही दिनमा पुरानै लयमा आउँछ।”
" /> काठमाडौं। बजारमा कालोबजारी बढ्न थालेको र उपभोक्ताले दैनिक उपभोग्य बस्तुको चर्को मूल्य तिर्नु परेको गुनासो आइरहेको बेला व्यवसायीहरूले बजारमा अत्यावश्यक वस्तुको मौज्दात पर्याप्त रहेको बताएका छन्।आज नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा व्यवसायीहरू दैनिक उपभोग्य बस्तु लगायतका सामान बजारमा पर्याप्त रहेको बताएका हुन्।

">