काठमाडौं। खाना पकाउने एलपी ग्यासको नयाँ सिलिण्डर नबेच्न ग्यास विक्रेतालाई सरकारले निर्देशन दिएको छ।
विश्वभर कोरोनाको संक्रमण फैलिएसँगै नेपाली बजारमा देखिएको माग र खपतको सन्तुलन मिलाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस्तो निर्देशन दिएको हो।
सामान्य अवस्थामा दैनिक रूपमा हुने मागभन्दा बढी ग्यासको कारोबार अहिले बजारमा भइरहेको छ। कोरोना संक्रमणको त्रासले उपभोक्ताहरूले आवश्यकताभन्दा बढी ग्यास सिलिण्डर भण्डारण गर्न थालेका छन्।
केही दिनयता काठमाडौं लगायतका क्षेत्रमा ग्यास डिपोहरूमा उपभोक्ताको घुइँचो देखिन थालेको छ। सर्वसाधारणले आवश्यकताभन्दा बढी ग्यास सिलिण्डर भण्डारण नगरून् भनेर विक्रेतालाई नयाँ ग्यास विक्री नगर्न निर्देशन दिइएको वाणिज्य सचिव डा. बैकुण्ठ अर्यालले बताए।
उपभोक्ताले रित्तो सिलिण्डर भर्न भने सरकारको यो निर्देशनले अवरोध गर्ने छैन। रित्तिएको सिलिण्डर नभरेमा भने विक्रेतालाई कारबाही गर्ने अर्यालले बताए।
“पहिला लगेको सिलिण्डर फिर्ता नल्याई नयाँ सिलिण्डर किन्न आउने उपभोक्तालाई सिलिण्डर दिएको सूचना आए विक्रेतालाई कारबाही गर्छौं”, अर्यालले भने, “एक जनाले ५/६ गुणा एलपी ग्यास मौज्दात राखेपछि बजारको हालत के हुन्छ?”
‘ग्यास दिन्छु तर, नयाँ सिलिण्डर किन्नुपर्छ’ भनेको सूचना बजार अनुगमनका क्रममा पाइएको अर्यालले बताए। यस्तो हुँदा उपभोक्तासँग ग्यास भरिएको सिलिण्डर १० ओटासम्म हुने अवस्था आयो”, उनले भने।