नवलपरासी । पश्चिम नवलपरासीमा सञ्चालित स्मार्ट कृषि गाउँ कार्यक्रम प्रभावकारी बनेको छ ।
प्रदेश–५ सरकारले प्रदेशसभा सदस्यहरूमार्फत सञ्चालन गरिरहेको यो कार्यक्रम पश्चिम नवलपरासीको चार स्थानमा सञ्चालनमा छ ।
कार्यक्रममार्फत् आर्थिक तथा प्राविधिक सहयोग निरन्तर हुन थालेपछि कृषक उत्साहित भएका छन् ।
सरावल गाउँपालिका–२ को मगरमुडाहा, पट्खौली र अत्रहटी गाउँलाई लक्षित गरी सञ्चालित स्मार्ट कृषि गाउँ कार्यक्रमअन्तर्गत बाख्रापालनलाई प्रवद्र्धन गरिएको छ । यस कार्यक्रममार्फत ४० घरधुरी प्रत्यक्ष लाभावन्ति भएका छन् ।
बाख्रापालनबाट राम्रो आम्दानी र बजारको पनि समस्या नभएकाले आधुनिक तरिकाले व्यावसायिक रुपमा बाख्रापालनलाई अघि बढाइएको किसान बताउँछन् ।
स्थानीय जातको बाख्रा पाल्दै आएका यहाँका कृषकका लागि स्मार्ट कृषि गाउँ कार्यक्रमअन्तर्गत उन्नत जातको बाख्रा, बोका र आधुनिक खोर निर्माणमा प्रदेश सरकारले ८० प्रतिशत आर्थिक तथा प्राविधिक सहयोग गरेको छ ।
गत आर्थिक वर्षमा सञ्चालित स्मार्ट कृषि गाउँ कार्यक्रमअन्तर्गत प्रत्येक कृषकलाई पाँच वटा बाख्रा वितरण गरिएको थियो ।
व्यावसायिक रुपमै बाख्रापालनसँगै किसानले बाख्राका लागि आवश्यक घाँस खेती पनि शुरु गरेका छन् ।
स्मार्ट कृषि गाउँ कार्यक्रम कार्यान्वयन समितिले कृषकहरूलाई आवश्यकताअनुसार घाँसको बीउ, जुकाको औषधि, दानालगायत वितरण गर्दै आएको छ ।
कृषि क्षेत्रको औद्योगिकीकरण, बजारीकरण, नाफामुखी र दिगो कृषि विकास गरी कृषकहरूको आयस्तर वृद्धि गर्न नमूना कृषि गाउँ कार्यक्रम सञ्चालन गरिएको प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरी बताउँछन् । “प्रदेशको ५२ वटा स्मार्ट कृषि गाउँ बनाउने गरी यो कार्यक्रम सञ्चालन गरिएको छ, मन्त्री चौधरीले भने ।
स्मार्ट कृषि गाउँका रूपमा छनोट भएका गाउँमा खाद्यान्न, तरकारी, फलफूल र पशुपालनलाई जोड दिइएको छ । छनोट भएका प्रत्येक गाउँले ५० लाख रुपैयाँको दरले बजेट प्राप्त गरेका थिए । रासस