दाङ। मेडिकेटेड मास्कको अभाव भएपछि दाङमा पुनः प्रयोग गर्न सकिने मास्क बनाउन थालिएको छ।
कोरोना भाइरसको संक्रमण विश्वव्यापी भएसँगै दाङमा पनि मेडिकेटेड मास्कको अभाव हुन छ। यहाँका विभिन्न निकायले पुनः प्रयोग गर्न सकिने मास्क बनाउन थालेका हुन्।
लमहीमा साधारण सुती कपडाको मास्क बनाउन थालिएसँगै घोराहीमा अल्लोको मास्क बनाउन थालिएको छ। उत्पादकले यो मास्कलाई स्यानेटाइजर प्रयोग गरी दीर्घकालसम्म प्रयोग हुनसक्ने बताएको छ । अल्लोको मास्क निर्माण गरेर बजारमासमेत ल्याइएको छ। प्रतिमास्कको मूल्य ८० रुपैयाँ निर्धारण गरिएको छ।
जिल्लाको बजारमा मास्कको अभाव भएको भन्दै स्थानीयस्तरमा समेत मास्कको उत्पादन थालिएको हो। यसले स्थानीयस्तरमा मास्कको अभाव नहुने मास्क उत्पादकले बताएका छन्। यसअघि बजारमा अधिकतम उपयोग हुने मास्क चीनमा निर्मित थियो।
बजारमा मास्कको अभाव भएपछि प्रादेशिक अस्पताल तुलसीपुर, राप्ती लाइफकेयर हस्पिटल तुलसीपुरलगायतका स्वास्थ्य संस्थाले स्थानीयस्तरमै निर्मित मास्क आन्तरिक प्रयोजनका लागि उपयोग गर्न थालेका छन्।
त्यसैगरी देउखुरीको लमहीमा बजारमा पाइने काँचो कपडाबाटै पुनःप्रयोग गर्न सकिने मास्क निर्माण शुरु भई बजारमा समेत आइसकेको छ। चिकित्सकले स्यानेटाइजर छर्केर तथा दैनिकरुपमा सफा गरेको अवस्थामा यो मास्क एक महीनासम्म पनि प्रयोग गर्न सकिने बताएका छन्।
अहिले कोरोना भाइरसको सङ्क्रमणबाट बच्नका लागि भन्दै बालबालिका युवा, वृद्धवृद्धा सबैले मास्कको प्रयोग गर्ने थालेका छन्। फलस्वरुप स्थानीय बजारमा मास्कको माग ह्वातै बढेको छ। रासस
" /> दाङ। मेडिकेटेड मास्कको अभाव भएपछि दाङमा पुनः प्रयोग गर्न सकिने मास्क बनाउन थालिएको छ।

">