काठमाडौं। २२ फागुनमा मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ‘कोरोनाको संक्रमणबाट जोगिन सातै प्रदेशमा सतर्कता अपनाइएको’ बताएका थिए।
त्यसको भोलिपल्ट देखापढीसँगको कुराकानीमा प्रवक्ता देवकोटाले स्वास्थ्य सेवा विभागमार्फत् प्रदेश मातहतका ठूला अस्पतालमा एकसाता पहिले नै पत्राचार गरिसकिएको बताए। “अस्पतालहरूमा आइसोलेसन वार्ड छुट्याएर राख्न भनिएको छ”, उनले भने।
प्रवक्ता देवकोटाको भनाइ पछ्याउँदै हामीले विभागकै महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठलाई सोध्यौं– ‘पत्राचार कहिले भएको हो ?’
“पत्राचार गरेको १० दिन अगाडि हो, सात दिन काम गरेर हाम्रो टोली फर्किसकेको छ”, उनले भने, “प्रदेशस्तरीय सामाजिक विकास मन्त्रालयको समन्वयमा काम हुँदैछ।”
तर, विभागले भनेजस्तो कोरोना भाइरसको संक्रमणसँग जुध्न प्रदेशस्तरमा भएको तयारी भने पर्याप्त छैन। निकै कम संख्यामा अस्पतालहरू तयार पारिएका छन् भने ती अस्पतालमा पनि आवश्यक बेड र वार्ड छुट्याइएको छैन। देखापढीले सबै प्रदेशमा गरिएको तयारी अवस्था यस्तो पाएको छ।
प्रदेश १
प्रदेश १ मा २८ वटा आइसोलेसन बेड छुट्याएर राखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। तर, अहिलेसम्म कोरोना भाइरसको संक्रमण नदेखिएकाले क्वारेन्टाइन वार्ड भने छुट्याइएको छैन।
यस प्रदेशमा चारवटा अस्पताललाई तयारी अवस्थामा राखिएको मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहता बताउँछन्। मेहताका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, नोबेल मेडिकल कलेज, कोशी अस्पताल र विराट मेडिकल कलेजलाई तयारी अवस्थामा राखिएको छ।
“वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एउटा बिरामी छ, तर नेगेटिभ देखिएको छ”, उनले भने, “बिरामी नभएकाले क्वारेन्टाइन छुट्याएका छैनौं, बिरामी भेटेलगत्तै तत्कालै व्यवस्था गरिनेछ।”
कोरोनाबाट संक्रमित बिरामीहरू अन्तर्राष्ट्रिय सीमा नाकाबाट प्रवेश गर्न सक्ने भएकाले नाकामै कडाइ गरिएको उनले बताए। रानी भन्सार (जोगबनी), भद्रपुर, काँकडभिट्टा र पशुपतिनगरसमेत चारवटा नाकामा ‘एक्टिभ हेल्थ डेस्क’ स्थापना गरिएको उनको भनाइ छ। २६ फागुनदेखि बिराटनगर विमानस्थलमा पनि हेल्थ डेस्क स्थापना गरिएको छ।
स्वास्थ्य महाशाखा प्रमुख डा. मेहता भन्छन्, “सामाजिक जनचेतनाका लागि विभिन्न पत्रपत्रिका, स्थानीय सञ्चारमाध्यमलाई प्रयोग गरेका छौं।”
प्रदेश २
प्रदेश २ का आठ जिल्लामा १५ वटा हेल्थ डेस्क राखिएका छन्। जहाँ दुई/दुईजना स्वास्थ्यकर्मी परिचालन भएका छन्।
प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहका अनुसार कोरोना भाइरसको संक्रमणबाट जोगिन उच्च सतर्कता अपनाइएको छ। “प्रादेशिक जनकपुर अस्पतालमा एउटा आइसोलेसन वार्डमा चारवटा बेड छुट्याइएको छ”, उनले भने, “भगवानको कृपाले कोरोना प्रवेश भइसकेको छैन, सतर्कता अपनाउन सम्बद्ध निकायलाई निर्देशन दिएका छौं।”
जनकपुर विमानस्थल, जानकी मन्दिर, मुख्य भन्सार नाका मानिने रौतहटको गौर भन्सार, बमकुल, सर्लाहीको मलंगवा–सोनवर्सा नाका, सिरहाको माडर, सप्तरीको कुनौली नाकामा हेल्थ डेस्क स्थापना गरिएको छ। हरेक जिल्लामा दुईवटासम्म हेल्थ डेस्क राखिएको छ।
प्रदेश २ मा पनि छुट्टै क्वारेन्टाइनको व्यवस्था भने गरिएको छैन। मन्त्री साह भन्छन्, “आइसोलेसन बुझ्नुस् वा क्वारेन्टाइन, एउटै हो, छुट्टै क्वारेन्टाइन अहिले छैन।”
कोरोना संक्रमणबाट जोगिन प्रदेश २ मा हालसम्म पनि स्वास्थ्यकर्मी र चिकित्सक टोलीलाई तालिमसमेत दिइएको छैन। होलीको बिदा सकेपछि स्वास्थ्यकर्मी र चिकित्सकहरूलाई तालिम दिइने प्रदेश २ को स्वास्थ्य निर्देशनालयले जनाएको छ।
स्वास्थ्य निर्देशनालय प्रमुख हरिशचन्द्र साह भन्छन्, “सामाजिक विकास मन्त्रालयसँग बजेटको निकासा भइसकेको छ, भाइरसको परीक्षण गर्ने सामग्रीहरू पनि व्यवस्था गर्न लागेका छौं।”
उनका अनुसार सीटी अस्पतालमा २५, जानकी मेडिकल कलेजमा ७० भन्दा बढी बेड छुट्याइएको छ।
प्रदेश २ मा पर्ने २२ वटा नाकामा आवागमन जारी नै छ। भारतमै भाइरसको संक्रमण बढिरहेका बेला नाकामा उच्च सतर्कता अपनाउनुपर्नेमा प्रदेश २ ‘भगवान भरोसा’मा बसेको छ।
बागमती प्रदेश
चीनबाट नेपाल भित्रिने मुख्य नाकामध्ये तातोपानी र रसुवागढी नाका बागमती प्रदेशमा पर्छन्। तातोपानी नाका केही महीनायता बन्द छ।
रसुवागढी नाका र चितवन विमानस्थलमा तीन/तीनजनाको स्वास्थ्यकर्मी टोलीसहित ‘हेल्थ डेस्क’ राखिएको छ। त्यहाँ नियमित परीक्षण भइरहेको अस्पताल विकास तथा चिकित्सक महाशाखाका प्रमुख डा. पुरुषोत्तम सेढाईं बताउँछन्।
“गम्भीर इस्यूमा पूर्ण सावधानी अपनाएका छौं, प्रदेशका आठवटै अस्पतालहरूमा आइसोलेसन वार्डमा (२/३) वटा बेड तयारी अवस्थामा छ”, उनले भने, “संघीय सरकारसँग मिलेर काम गरिरहेका छौं, क्वारेन्टाइनकै व्यवस्था भने अहिलेसम्म छैन।”
अस्पतालका चिकित्सक र नर्सहरूलाई प्रशिक्षण दिइएको र रूघाखोकीका बिरामीलाई उच्च निगरानीमा राखेको उनको भनाइ छ। कोरोनाबाट जोगिनु सबैको उत्तरदायित्व भएकाले निजी अस्पतालले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको ‘हेल्थ डेस्क’मा जम्मा १३ जना स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ।
“कम्तीमा हरेक प्रदेशमा एउटा ‘डेडिकेटेड अस्पताल’ छुट्याएर राख्नुपर्ने हुन्छ, जसमा आइसियु सहितको आइसोलेसन वार्ड र पर्याप्त वेड हुन जरूरी छ” -जनस्वास्थ्यविद् शरद वन्त।
गण्डकी प्रदेश
कोरोना भाइरसबाट संक्रमित बिरामी भेटिए तुरून्तै चरक अस्पतालमा लैजाने व्यवस्था गरिएको छ। चरक अस्पतालमा आईसीयुसहितको ३० वटा बेड छुट्याएर राखिएको छ।
त्यसपछि गण्डकी मेडिकल कलेज, मणिपाल अस्पताल, हरियोखर्क अस्पताल, गिरिजाप्रसाद श्वासप्रश्वास अस्पतालमा लैजाने गण्डकी प्रदेशको तयारी छ।
यी अस्पतालहरूमा पनि शय्याको अभाव भएमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूरै अस्पताल खाली गराउने निर्णय २२ फागुनमा गरिएको स्वास्थ्य निर्देशनालयको वेबसाइटमा उल्लेख छ।
तनहुँस्थित ‘गिरिजाप्रसाद कोइराला श्वासप्रस्वास केन्द्र’ र लेखनाथ नगरपालिकाको भवनलाई सम्भावित क्वारेन्टाइन बनाउनको लागि अध्ययन गर्ने काम भइरहेको छ।
१७ माघमा नै पोखरा विमानस्थल र जोमसोममा स्वास्थ्यकर्मी, सूचना सामग्री र स्वास्थ्य उपकरणसहित हेल्थ डेस्क स्थापना गरिएको छ।
सामाजिक विकास मन्त्रालयका सचिव डिल्लीराम शर्माले कोरोनाबाट जोगिन सबै कुरा तयारी अवस्थामा राखिएको बताए। उनले भने, “हामीले सामाजिक विकास मन्त्रालयमार्फत् तयारीमा कुनै कमजोरी गरेका छैनौं।”
कोरोना भाइरसको संक्रमणबाट जोगिने व्यवस्थापनका लागि डा. अर्जुन आचार्यको संयोजकत्वमा ५ सदस्यीय टोली पनि गठन गरिएको छ।
१५ माघमा पोखरामा पर्यटक आगमन हुने ठाउँ, पोखरा विमानस्थल, पोखराको लेकसाइड र जोमसोममा हेल्थ डेस्क स्थापना गर्ने निर्णय गरिएको थियो। ती ठाउँमा स्वास्थ्य उपकरणसहित स्वास्थ्यकर्मीलाई परिचालन गरिएको छ।
प्रदेश ५
प्रदेश ५ का ६ वटा जिल्लामा ११ वटा ‘हेल्थ डेस्क’ राखिएका छन्। हरेक हेल्थ डेस्कमा २/३ जना स्वास्थ्यकर्मीको टोली खटाइएको छ।
भाइरसबाट संक्रमित व्यक्ति भेटिए १० वटा अस्पतालमा आइसोलेसन वार्डसहित बेड छुट्याएर राखिएको प्रदेश ५ का स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकर चौधरी बताउँछन्। हरेक आइसोलेसन वार्डमा ३ र ५ वटा बेड छुट्याइएको छ।
कोरोना भाइरसकै लागि तोकिएरै आईसीयूको छुट्टै व्यवस्था नभएको र अस्पतालमा उपलब्ध आईसीयूलाई प्रयोग गरिने उनको भनाइ छ।
कोरोनाका बिरामीहरू नाकाबाट भित्रिन सक्ने भएकाले नवलपुरको पश्चिम महेशपुर चौकी, रूपन्देहीको सुनौली–बेलहिया नाका, कपिलवस्तुको कृष्णनगर, बाँकेको रूपैडिहा–जमुनहा नाका र नेपालगञ्ज विमानस्थलमा हेल्थ डेस्क राखिएको छ। जहाँ बिरामीलाई नियमित स्क्रीनिङ गरिँदैछ।
लुम्बिनी प्रादेशिक अस्पताल, पृथ्वीचन्द्र अस्पताल परासी, कपिलवस्तु अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र देवदेह मेडिकल कलेजमा कोरोनाका बिरामीलाई राख्ने व्यवस्था मिलाइएको छ। हरेक अस्पतालमा १/२ वटा आइसोलेसन वार्ड छुट्याइएको छ। आवश्यकताअनुसार आइसोलेसन वार्ड बढाउँदै लगिने डा. चौधरीको भनाइ छ।
“शुरूकै अवस्थामा बिरामीलाई क्वारेन्टाइनमा राख्ने होइन, क्वारेन्टाइनमा आउने मानिस बिरामी हुनुपर्छ भन्ने पनि होइन, आइसोलेसन वार्डमा राख्ने हो”, उनले भने, “कोही बिरामीमा पोजिटिभ देखिइहाले क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाएका छौं।”
कर्णाली प्रदेश
कर्णाली प्रदेशमा कोरोना भाइरसको संक्रमण परीक्षणका लागि चार ठाउँमा ‘हेल्थ डेस्क’ स्थापना गरिएको छ।
रत्न राजमार्गको बबई, हुम्लाको हिल्सा, सल्यानको कपुरकोट र सुर्खेत विमानस्थलमा हेल्थ डेस्क स्थापना गरिएको हो। त्यहाँ चार/चारजना स्वास्थ्यकर्मीका टोली परिचालन गरिएको छ।
कोरोना भाइरसको संक्रमणबाट जोगिन कर्णाली प्रादेशिक अस्पतालमा तीनवटा बेड तयारी अवस्थामा राखिएको डा. के एन पौडेल बताउँछन्। कर्णाली प्रादेशिक अस्पतालका चिकित्सक डा. पौडेललाई प्रदेश सरकारले कोरोना सम्बन्धी आधिकारिक सूचना दिने व्यक्ति (फोकल पर्सन) तोकेको छ।
“कोरोनाका शंकास्पद बिरामी, कोरोनाबाट संक्रमित र हल्का बिरामी देखिएकालाई कहाँ राख्ने भनेर बेड छुट्याएका छौं”, उनले भने, “एउटा ठूलो खाली भवन छ, त्यसलाई प्रयोगमा ल्याउने गरी तयारी गरेका छौं।”
संक्रमित भएकै बिरामी भेटियो भने क्वारेन्टाइनमा राख्ने तयारी पनि गरिएको उनले बताए। “१५ वटा बेडका लागि सामाजिक विकास मन्त्रालयसँग माग गरेका छौं, बजेट आएमा छिट्टै अरू बेडको व्यवस्था गर्छौ”, उनले भने।
उक्त प्रदेशमा जापानबाट आएका एकजनामा भाइरसको संक्रमण भएको आशंका गरिएको थियो । उनी अहिले निको भएर घर फर्किसकेको डा. पौडेलले बताए। भने, “उनलाई घरमै निगरानी गरेर राखेका छौं।”
सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेशका १० वटा नाकामै हेल्थ डेस्क राखिएका छन्। बढी आवागमन हुने दार्चुला नाकामा ६ जना, बैतडी नाकामा दुईजना, कञ्चनपुरको गड्डाचौकी नाकामा चारजनाको स्वास्थ्यकर्मी टोली खटाइएको छ। अरू नाकामा २/२ जना गरि स्वास्थ्यकर्मी परिचालन भएका छन्।
त्यहाँ नियमितरूपमा १०० डिग्रीभन्दा माथि ज्वरो लागेका व्यक्तिको रेकर्ड राख्ने काम भइरहेको स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्की बताउँछन्। “प्रदेशका हरेक अस्पतालमा २/३ वटा बेड तयारी अवस्थामा छ”, उनले भने, “आपूर्ति व्यवस्थापनमा समस्या छ, बजारमा पीपीई, इन्फ्रारेड थर्मामिटर र मास्कको अभाव छ।”
सेती अस्पताल, मायाँ मेट्रो अस्पताल र निसर्ग अस्पतालमा आईसीयूको व्यवस्था गरिएको छ। क्वारेन्टाइनका लागि हरेक जिल्ला प्रशासन कार्यालयमा परिपत्र जारी गरिएको र आवश्यक भए परिचालन गरिने महाशाखा प्रमुख कार्कीले जानकारी गराए।
हेल्थ डेस्कमा परीक्षण गर्ने क्रममा भाइरसको संक्रमणबाट कसरी जोगिनेबारे जनचेतना फैलाउने काम गरिँदैछ।
पर्याप्त छैन तयारी
कोभिड-१९ बाट जोगिन प्रादेशिक स्तरका अस्पतालहरूको तयारी अपुग छ। प्रायः प्रदेशस्तरीय अस्पतालमा एक/एक वटा आइसोलेसन वार्ड र आइसोलेसन वार्डमा दुईवटा बेडको व्यवस्था मात्र गरिएको पाइएको छ। जुन कोरोना भाइरसको संक्रमणबाट जोगिन सक्ने पर्याप्त तयारी होइन।
जनस्वास्थ्यविद् शरद वन्तका अनुसार रोकथामको तयारी जनस्तरसम्म पुग्नुपर्ने हुन्छ। “केन्द्रमा केही तयारी जस्तो देखिए पनि तल्लो तहमा भने प्रभावकारी ढंगले तयारी पुगेको देखिँदैन”, वन्तले भने।
शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा परीक्षणका लागि एउटा मात्र प्रयोगशाला छ। अरू प्रदेशमा प्रयोगशाला नै छैन। यस्तै बेलामा क्षमता अभिवृद्धि गर्नुपर्ने जनस्वास्थ्यविद् वन्त बताउँछन्।
“कम्तीमा हरेक प्रदेशमा एउटा ‘डेडिकेटेड अस्पताल’ छुट्याएर राख्नुपर्ने हुन्छ, जसमा आईसीयूसहितको आइसोलेसन वार्ड र पर्याप्त बेड हुन जरूरी छ”, जनस्वास्थ्यविद् वन्त भन्छन्, “सरकारी स्वामित्व भएका संरचनालाई अस्पतालमा रूपान्तरण गर्न सक्छौं, हामी त अहिले तयारी अवस्थामा बस्नुपर्ने हो नि।”
भक्तपुरको खरिपाटीमा क्वारेन्टाइन राखेजस्तै हरेक प्रदेशमा पनि क्वारेन्टाइन राख्न सकिन्छ। दशरथ रंगशाला, कभर्ड हलजस्ता संरचनालाई अस्पतालमा रूपान्तरण गर्न सकिने उनी बताउँछन्।
“भूकम्पका बेला जसरी खुल्ला स्थानमा पाल टाँगेर पीडितलाई राखेका थियौं, कोरोना जस्तो महामारीबाट जोगिन त्यस्ता संरचनालाई अस्पतालमा रुपान्तरण गर्न सकिन्छ तर, केही तयारी देखिएको छैन”, उनले थपे।
कोरोनाबाट जोगिनका लागि नीतिगत तहमा पर्याप्त बहस हुन नसकेको र सरकारले अब ठोस कदम चाल्ने बेला आएको उनको भनाइ छ। उनका अनुसार कोरोना मात्र मुद्दा नभई भविष्यमा आउने महामारीको लागि पनि तयार हुनुपर्ने हो।
“नेपालमै पनि डेंगी र झाडापाखाला जस्ता प्रकोप त झेलिरहेकै छौं, त्यसैले पनि यो संकटलाई अवसरको रूपमा लिन सक्नुपर्छ”, उनले भने, “दीर्घकालीनरूपमा पृष्ठभूमि तयार गर्नुपर्ने आवश्यकता छ।”
एक/दुइटा बिरामी मात्र पनि भेटिए भने विकराल अवस्था सिर्जना हुन सक्नेतर्फ सचेत हुन जरूरी रहेको उनले बताए।
" /> काठमाडौं। २२ फागुनमा मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ‘कोरोनाको संक्रमणबाट जोगिन सातै प्रदेशमा सतर्कता अपनाइएको’ बताएका थिए।त्यसको भोलिपल्ट देखापढीसँगको कुराकानीमा प्रवक्ता देवकोटाले स्वास्थ्य सेवा विभागमार्फत् प्रदेश मातहतका ठूला अस्पतालमा एकसाता पहिले नै पत्राचार गरिसकिएको बताए। “अस्पतालहरूमा आइसोलेसन वार्ड छुट्याएर राख्न भनिएको छ”, उनले भने।

">