काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले देशमा संवैधानिक राजसंस्थाको आवश्यकता रहेको बताएका छन्।
राप्रपा (संयुक्त) र राप्रपाबीच आज भएको एकता घोषणा कार्यक्रममा उनले गणतन्त्रका नाममा अहिले लुटतन्त्र मौलाएको टिप्पणी गर्दै राजसंस्थाको आवश्यकता देखिएको बताएका हुन्।
“विश्वमा अहिले पनि राजसंस्था छ, हाम्रो देशमा पनि राजसंस्था आवश्यक छ”, लोहनीले भने, “हामीले यही मूल्यमान्यता लिएर अघि बढ्नुपर्छ।”
उनले जब–जब राप्रपा हुन्छ, त्यसबेला जनताले साथ दिएको स्मरण गरे।
“अलग भएपछि हामीले नराम्रो पराजय भोगेको तितो यथार्थ छ। हामी एउटा निचोडमा पुगेका छौं, अब यो पार्टी कहिले फुट्ने छैन”, उनले भने, “हाम्रा पनि मुल्यमान्यता छन्। नेपालको पहिचान हिन्दूराष्ट्र हुनुपर्छ भन्ने मुख्य मान्यता हाम्रो रहेको छ।”
लोहनीले पनि गीतामा छोएर अब पार्टी कहिल्यै नफुट्ने कसम खाए। यसअघि सोही कार्यक्रममा राप्रपा अध्यक्ष कमल थापाले पनि गीता छोएर कसम खाएका थिए।
नेपाल १८० करोड हिन्दू धर्मावलम्बीको मुख्य तिर्थस्थल रहेको समेत लोहनीको भनाइ छ।
उनले देशमा आर्थिक प्रतिगमन र लुटतन्त्र मौलाएको आरोप लगाए। जनताबाट चुनिएर आएपनि अहिलेको सरकारले मुलुकलाई बर्बाद पारिरहेको लोहनीका आरोप छ।
“बोल्ने अधिकार कटौती गर्ने हिसाबले काम भएको छ। दुई/अढाई वर्षमा अहिले धेरै व्याप्त भएको छ। खुलेआम लुट्ने काम भएको छ”, लोहनीले भने, “प्रतिपक्षी पनि चुप लागेर बसेको छ। देश प्रतिगमनतिर गएको छ।”
पढ्नुहोस्
राप्रपा महामन्त्री लिङ्देनले नेतृत्वलाई सुध्रिन चेतावनी दिए
गीता छोएर कसम खाँदै कमल थापाले भने- अब कहिले फुट्ने छैनौं
पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द भन्छन्- ‘कांग्रेसको विकल्प हामी नै हो’
" /> काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले देशमा संवैधानिक राजसंस्थाको आवश्यकता रहेको बताएका छन्।राप्रपा (संयुक्त) र राप्रपाबीच आज भएको एकता घोषणा कार्यक्रममा उनले गणतन्त्रका नाममा अहिले लुटतन्त्र मौलाएको टिप्पणी गर्दै राजसंस्थाको आवश्यकता देखिएको बताएका हुन्।

">